एमालेमा नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुने

कर्णालीदृष्टी संवाददाता १३ मंसिर २०७८, सोमबार ०७:२४

काठमाण्डाै – नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच चुनाव हुने नै निश्चित भएको छ ।  हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गर्नुभएको थियो ।

चितवनको सौराहामा राति अबेर सुरु भएको बन्द सत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेर उहाँले रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव गरे पनि रावलले अस्वीकार गर्नुभएको छ । रावललाई मनाउने प्रयास असफल भएपछि आज चुनाव गर्ने तयारी भएको छ ।

निर्वाचन प्रक्रिया हिजै सुरु हुने कार्यतालिका भए पनि यसमा हेरफेर गरिएको छ । आज बिहान ८ बजेदेखि चुनावी प्रक्रिया सुरु हुनेछ । रावलले उम्मेदवारी दर्ता गराउन राति नै फारम लैजानुभएको छ ।

Next Post

कालीकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यू

१३ मंसिर २०७८, सोमबार ०७:२४
कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका १ निलाखामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । एक जना घाइते भएका छन् । सिमेन्ट र डिजेल बोकेर जितेगडाबाट नरहरिनाथ गाउँपालिकाको सुनथराली विमानस्थलतर्फ जाँदै गरेको बा ५ ख ४६४३ नम्बरको ट्रक दुर्घटना भएको हो । दुर्घटनामा परि ट्रक चालक नरहरिनाथ १ का […]

सम्बन्धित समाचार