आजदेखि एक महिनासम्म दैलेख–सुर्खेत सडक अवरुद्ध

कर्णालीदृष्टी संवाददाता १५ मंसिर २०७८, बुधबार ०७:०१

दैलेख । आजदेखि दैलेख–सुर्खेत सडक खण्ड झण्डै एक महिनासम्म अवरुद्ध हुने भएको छ । मंसिर १५ गते अर्थात आजदेखि पौष १५ गतेसम्म सडक अवरुद्ध हुने भएको हो ।

दैलेख–सुर्खेत सडक खण्ड अन्तरगत गुराँस गाउँपालिकाको गाईबान्ना (घाम ताप्ने) भिरमा चट्टान काटी सडक फराकिलो गर्नुपर्ने भएकोले सडक अवरुद्ध गराइएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।

कार्यालयका अनुसार यस अवधिमा साना सवारी साधन (जिप, कार र मोटरसाइकल) आवत जावत गर्नेछन तर अन्य ठूला यात्रुवाहक र मालबाहक सवारी साधनहरुलाई सुर्खेतदेखि बांगेसिमल, तल्लो डुंगेश्वर हुँदै माथिल्लो डुंगेश्वर सडक खण्ड प्रयोग गर्न कार्यालयले पत्राचार समेत गरेको छ ।

Next Post

देश अहिलेसम्म माओवादीले नै ल्याएका एजेण्डामा चलेकोे छ: शक्ति बस्नेत

१५ मंसिर २०७८, बुधबार ०७:०१
सुर्खेत । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इञ्चार्ज तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले देश अहिलेसम्म माओवादीले नै ल्याएका एजेण्डामा चलेको बताउनुभएको छ । यद्यपि, नेतृत्व अन्य दलहरूको हातमा हुँदा कार्यान्वयनको पक्ष फितलो भएको उहाले बताउनुभयो । मंगलबार वीरेन्द्रनगरमा प्रेस सेन्टर नेपालको दोस्रो प्रदेश अधिवेशन उद्घाटन गर्दै बस्नेतले देशमा गणतन्त्र ल्याउन, संविधानसभाबाट […]