प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

संसद अवरोध र एमसीसीको विषयमा छलफल हुने

कर्णालीदृष्टी संवाददाता ४ पुष २०७८, आईतवार ०६:४६

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो चार बजेका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको बैठकको विषय भने खुलाइएको छैन ।

बैठकमा संघीय संसदमा भैरहेको अवरोध र अमेरिकी सहयोग एमसीसीबारेमा छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संघीय संसद्का दुवै सदनमा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको छ । एमालेको अवरोधका कारण संसदको काम प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन ।

यस्तै संसदमा दर्ता भएको एमसीसी सम्झौताबारेमा छलफल हुन सकेको छैन । एमसीसी सम्झौताका बारेमा विवाद छ ।

Next Post

अन्तरजातीय विवाह : कुटपिटपछि दलित युवक बेपत्ता

४ पुष २०७८, आईतवार ०६:४६
हुम्ला । अन्तरजातीय विवाह गरेका हुम्लाका एक जना युवक तीन दिनदेखि बेपत्ता भएका छन् । युवतीको माइती पक्षले निर्घात कुटपिट गर्दै बेपत्ता पारेको उनका परिवारको दाबी छ । सर्केगाड गाउँपालिका वडा १ को जैर गाउँका १९ वर्षीय चन्द्र कामीले मुगु जिल्ला सोरु गाउँपालिका वडा ४ को लिप्रु गाउँकी १९ वर्षीया […]