कोरोना संक्रमणबाट एकै दिन २२५ जनाको मृत्यु,९४८३ जनामा संक्रमण पुष्टि

कर्णाली दृष्टि संवादाता २८ बैशाख २०७८, मंगलवार १८:२५

काठमाडौं :कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ ।यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् ।

Next Post

दैलेखको महाबु गाउँपालिका अन्तर्गतका सम्पुर्ण वडामा एन्टिजेन्ट र पि.सि.आर सहितका सेवा संचालनमा

२८ बैशाख २०७८, मंगलवार १८:२५
दैलेख : जिल्लाको महाबु गाउँपालिकाका प्रत्येक वडा, टोल ,बस्तीमा एन्टिजेन्ट र पि.सि.आर सहितका सेवाहरु संचालनमा आएका छन। विश्वव्यापी रुपमा फैलिएको (कोभिड(१९) को कोरोना भाईरसको नयाँ भेरीयन्ट उच्च गतिमा फैलिएको अवस्थामा महाबु गाउँपालिकामा पनि उच्च गतिमा फैलिन सक्ने भएकोले गाउँपालिकाका सम्पुर्ण १ देखि, ६ वडा सम्मका टोल बस्तिमा यो सेवासुरु गरिएको […]