यस्ता छन् एमसीसीमार्फत कार्यान्वयन हुने परियोजना

कर्णालीदृष्टी संवाददाता १६ फाल्गुन २०७८, सोमबार ०६:४१

काठमाण्डाै – लामो रस्साकस्सीपछि अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट अनुमोदन भएको छ । एमसीसी सम्झौता अनुमोदन भएसँगै अब कार्यान्वयन हुनेछ ।

एमसीसी अन्तर्गतका परियोजना कार्यान्वयनका लागि अमेरिकी सरकारले ५० करोड अमेरिकी डलर अनुदान दिनेछ भने नेपाल सरकारले १३ करोड डलर लगानी गर्नेछ । यो रकमबाट बन्ने आयोजना पाँच वर्षभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

एमसीसी आयोजना अन्तर्गत काठमाण्डौको लप्सीफेँदीबाट नुवाकोटको रामामाटेसम्म ४ सय केभी क्षमताको प्रसारण लाइन बन्नेछ । रातामाटेबाट एउटा प्रसारण लाइन दमौली हुँदै बुटबलसम्म पुग्नेछ भने अर्को हेटौँडासम्म पुग्नेछ ।

रातामाटे, दमौली र बुटबलमा सबस्टेशन पनि बन्नेछन् । बुटवल पुगेको प्रसारण लाइन भारतको गोरखपुरसम्म पनि पुग्नेछ । तीन सय १२ किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि ४० करोड अमेरिकी डलर खर्च हुनेछ ।

यस्तै बुटवल–गोरखपुर २२ किलोमिटर अन्तरदेशीय प्रसारण लाइन निर्माणमो पनि रकम खर्च हुनेछ । एमसीसी परियोजनाको रकम सडक स्तरोन्नतिमा पनि खर्च हुनेछ ।

पूर्व–पश्चिम राजमार्गको कपिलवस्तुको चन्द्रौटाबाट दाङको लमही हुँदै शिवखोलासम्मको एक सय किलोमिटर लामो सडकको स्तरोन्नति हुनेछ । यसमा अत्याधुनिक र नमुना प्रविधिको प्रयोग हुनेछ । सडक स्तरोन्नतिका लागि पाँच दशमलव दुई करोड अमेरिकी डलर खर्च हुनेछ ।

Next Post

महाबूका गर्भवती महिलाहरुलाई पोषण कोशेली र जेष्ठ नागरीकलाई ब्ल्याङ्केट वितरण

१६ फाल्गुन २०७८, सोमबार ०६:४१
दैलेख । दैलेखको महावू गाउपालीकाले पालीका भित्रका गर्भवती महिलाहरुलाई पोषण कोशेली र जेष्ठ नागरीकलाई ब्ल्याङ्केट वितरण सूरु गरेको छ । सोमबार गाउपालीकाको वडा नम्बर ३ का गर्भवती महिलाहरुलाई पोषण कोशेली र सोही वडाका जेष्ठ नागरीकहरुलाई ब्ल्याङ्केट वितरण गर्दै उक्त कार्यक्रमको सूरुवात गरिएको गाउपालीकाका प्रमुख प्रशासकिय अधिकृत भोलाराम पंगालीले जानकारी दिनुभयो […]