नेपालमा पनि भेटियाे काेराेनाकाे नयाँ भेरियन्ट ‘ओमिक्राेन’

कर्णालीदृष्टी संवाददाता २० मंसिर २०७८, सोमबार १७:१३

काठमाण्डाै – नेपालमा पनि काेराेना भाइरसकाे नयाँ भेरियन्ट ‘ओमिक्राेन’का सङ्क्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट स‌ङ्क्रमणकाे पुष्टि भएकाे जनाएकाे हाे।

गएको मङ्सिर ३ गते नेपाल आएका एक जना ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा पुगेका ७१ वर्षका नेपाली नागरिकमा ओमिक्रोन पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उनीहरूको सम्पर्कमा पुगेका ६६ जनाको पीसीआर परीक्षण गर्दा सबैमा कोरोना नेगेटिभ देखिएको पनि मन्त्रालयले जनाएको छ ।

Next Post

जुम्लामा एमबीबीएस कक्षा सुरु

२० मंसिर २०७८, सोमबार १७:१३
जुम्ला – जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह एमबीबीएसको कक्षा सुरु भएको छ ।  एमबीबीएसको  कक्षा सुरु भएसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र सेवाले कोल्टे फेर्ने भएको छ । सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले २०६८ सालमा जुम्ला सदरमुकाममा रहेकाे खलङ्गामा प्रतिष्ठानको स्थापना गरेको थियो । चिकित्सा […]