दैलेखमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु , दुई जना गम्भीर घाइते ।

दैलेखको गुराँस गाउँ पालिका र डुङ्गेश्वर गाउँपालिकाको तल्लो डुङ्गेश्वरमा एकै दिन दुई दुर्घटना

कर्णाली दृष्टि संवाददाता ४ कार्तिक २०७७, मंगलवार १८:२१

दैलेख : जिल्लाको गुराँस गाउँपालिकाको जिरो पोइन्ट नजिक बान्द्रे भन्ने ठाउँमा बा ४ ख ६७७१ नम्बरको टिप्पर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ भने १ जना गम्भिर घाइते भएका छन ।

घाइतेलाई उपचारको लागि सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिएका छन् । टिप्पर सडकबाट करीब ३०० मिटर तल खसेको श्रेष्ठले बताए ।

यस्तै सुर्खेतबाट जम्बुकाँध जाँदै गरेको ना ३ ख ५५१९ नम्बरको यात्रुबाहक बस डुङ्गेश्वर गाउँपालिकाको तल्लो डुङ्गेश्वरमा दुर्घटना हुँदा चालकको मृत्यू भएको छ । मृतक वीरेन्द्रनगर नगरपालिकाका निबासी ललित नेपाली रहेका छन् ।

बसमा सवार २ जना यात्रु गम्भिर घाईते भएका छन भने १२ जना घाइते भएका छन् । गम्भिर घाइते भएका २ जनालाइ उपचारको लागि सुर्खेत लगिएको डि एस पि श्रेष्ठले  जाानकारी दिए ।

Next Post

कर्णालीमा १ सय ८१ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु ।

४ कार्तिक २०७७, मंगलवार १८:२१
कर्णाली ।  प्रदेशमा मंगलबार थप १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि एक जनाको मृत्यु । पछिल्लो १ दिनमा प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत,कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्ला,दैलेख अस्पताल दैलेख र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिम र कमल बजार प्रयोगशाला अछाममा गरिएको परिक्षणमा थप १ सय ८१ जनामा […]