कर्णालीमा १ सय ८१ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु ।

कर्णाली दृष्टि संवाददाता सुर्खेत ४ कार्तिक २०७७, मंगलवार १९:१५

कर्णाली ।  प्रदेशमा मंगलबार थप १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि एक जनाको मृत्यु ।

पछिल्लो १ दिनमा प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत,कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्ला,दैलेख अस्पताल दैलेख र चौरजहारी नगरपालिका

पिसिआर प्रयोगशाला रुकुम पश्चिम र कमल बजार प्रयोगशाला अछाममा गरिएको परिक्षणमा थप १ सय ८१ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेश अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जानकारी गराएको छ।

कोरोना पुष्टि हुनेमा सुर्खेतका १ सय १ जना,दैलेखका ४० जना,कालिकोटका १५ जना,जुम्लाका ४ जना,हुम्ला र सल्यानका २/२ जना तथा मुगु,जाजरकोट र रुकुम पश्चिमका १/१ जना रहेकाछन भने बाँकी १४ जना अन्य प्रदेशका रहेको महाशाखाले जनाएको छ।

यो संगै कर्णालीमा कोरोना संक्रमितको जम्मा संख्या ५ हजार ३ सय ५१ पुगेको छ।, पछिल्लो एकदिनमा कोरोना निको भइ १ सय १ जना डिस्चार्ज भय सङ्गै कर्णालीमा कोरोना निको भइ डिस्चार्ज हुनेको संख्या ३ हजार ९ सय ८५ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप एकजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ कि ८६ वर्षिया महिलाको मृत्यु भएको महाशाखाले जनाएको छ। मृतक महिलाको कात्तिक १ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।

यो सङ्गै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । हाल कर्णालीमा कोभिड १९ का सक्रिय बिरामीको संख्या १ हजार १ सय ८५ रहेको छ।

 

Next Post

कर्णाली प्रदेश पार्टीको वि’वाद मिलाउन ओली र प्रचण्डबीच ४ बुँदे सहमति।

४ कार्तिक २०७७, मंगलवार १९:१५
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कर्णाली प्रदेशको वि’वा’द समाधानका लागि चार बुँदे सहमति भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली र प्रचण्डबीच मंगलबार बिहान चार बुँदे सहमति भएको हो। प्रधानमन्त्री ओली र प्रचण्डबीच मुख्यमन्त्री महेन्द्रबहादुर शाही […]