खुला चौरमै बालिकामाथि सामूहिक बलात्कार

कृष्ण शर्मा ७ भाद्र २०७८, सोमबार ०८:५७

सुर्खेत– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको खुला चौरमै बालिकामाथि सामूहिक बलात्कार भएको छ । वीरेन्द्रनगर नगरपालिका १२ नेवारको खुला चौरमा शुक्रबार राती १२ वर्षीया बालिकामाथि दुई जना युवाले सामूहिक बलात्कार गरेको खुलेको हो ।

बलात्कार घटनालगत्तै सूचना पाएको प्रहरीले बलात्कार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्लाको सर्केघाट गाउँपालिका ७ का १९ वर्षीय प्रकाश जैशी र सोही ठाउँकै २० वर्षीय रामकृष्ण जैशी छन् । वीरेन्द्रनगर नेवारमा बस्ने उनीहरुलाई शुक्रबार राती प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले ती बालिकालाई ललाई फकाई वीरेन्द्रनगर नेवारेस्थित खुल्ला चौरमा लिएर बलात्कार गरेको पाइएको हो ।

बलात्कार भएको सूचना पाएलगत्तै अस्थाई प्रहरी पोष्ट सहकारी चोकबाट र नगर प्रहरी कार्यालय वीरेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले नेपाली जानकारी दिए ।

 

Next Post

मन्त्री शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक

७ भाद्र २०७८, सोमबार ०८:५७
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएको छ। केही दिनअघि पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बलात्कारसम्बन्धी जाहेरी दिन गएका थिए। ‘आफूमाथि बलात्कार भएको भन्दै एक महिला र उनका पति प्रहरी कार्यालयमा आउनुभएको थियो, भिडियो पनि देखाउनुभएको थियो,’ […]