दैलेखमा बाल विवाह कसूरमा दुई जना पक्राउ

कर्णालीदृष्टी संवाददाता १६ माघ २०७८, आईतवार १८:१७

दैलेख । दैलेखमा बाल विवाह सम्बन्धी कसुरमा दुई जना पक्राउ परेका छन् । बाल विवाह गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।

उहाका अनुसार पक्राउ पर्नेमा जिल्लाको दुल्लु नगरपालिका वडा नं. १२ मा गोवीन्द नेपाली र एक बालीका रहेका छन ।

पक्राउ परेका नेपालीले एक १५ बर्षीय बालीकालाई यही माघ १३ गते बाल विवाहा गरी घरमा ल्याई राखेको भन्ने जाहेरी परेकाले थप अनुसन्धानका लागि दुवै जनालाई नियन्त्रणमा लिईएको डीएसपी साहले बताउनुभयो ।

पक्राउ परेका दुवै जनालाई दैलेख जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमती लिई प्रहरी हिरासतमा राखेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

Next Post

कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय दैलेखको सेवा बन्द

१६ माघ २०७८, आईतवार १८:१७
दैलेख । जिल्ला प्रशासन कार्यालय दैलेखमा कार्यरत केही कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि कार्यालयको नियमित कामकाज रोकिएको छ । कार्यालयमा कार्यरत ४ जना कर्मचारीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो । कोरोना संक्रमण पुष्टि भएका कर्मचारीहरु […]