हुम्लामा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच एकता

कर्णालीदृष्टी संवाददाता ३० फाल्गुन २०७८, सोमबार ०७:३०

हुम्ला । जनता समाजवादी पार्टीमा हुम्ला जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने दुई जना केन्द्रीय सदस्यसहित सिङ्गो जिल्ला कार्यसमिति र नेकपा माओवादी केन्द्रबीच समायोजना भएको छ ।

केन्द्रीय नीति नभए पनि जिल्लामा केही समय अघि दुई पार्टीबीच जिल्लास्तरमा समायोजन गर्ने सहमति अनुसार आइतबार घोषणासभा आयोजना गरेर समायोजन भएको हो ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य बिरजङ्ग शाहीले केन्द्रीय सदस्यद्वय बिरजङ्ग शाही र कालीबहादुर बिक, संघीय परिषद सदस्य जसबहादुर भण्डारी, ८१ सदस्यीय जिल्ला कार्यसमिति र नेकपा माओवादी केन्द्रबीच जिल्लामा पार्टी समायोजना भएको बताउनुभयो ।

पार्टी समायोजन कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं केन्द्रीय सदस्य महेन्द्रबहादुर शाही, माओवादी केन्द्र कर्णाली प्रदेश समितिका अध्यक्ष बिमला केसी, हुम्ला जिल्लाका सांसद छक्कबहादुर लामाको उपस्थिति रहेको थियो । #गोरखापत्र

Next Post

कर्णालीमा २५ अर्ब रुपैयाँ विद्युतमा खर्च हुँदै

३० फाल्गुन २०७८, सोमबार ०७:३०
सुर्खेत । नेपाल विद्युत प्राधिकरणले विभिन्न बैंकहरु ऋण लिएर कर्णालीमा विद्युतीकरणमा २५ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले कर्णालमिा सतप्रतिशत विद्युतीकरणका लागि २५ अर्ब रुपैयाँ खर्च गर्न लागेको जानकारी दिनुभएको हो । प्रमुख कार्यकारी अधिकृत घिसिङले कर्णालीसंग जोडिएका सुदूरपश्चिम प्रदेशको केही […]

सम्बन्धित समाचार