समाजमा लुकेका घटना रोकथाम गर्न सचेतनाका कार्यक्रमहरु जरुरी: न्यायाधीश लामिछाने

कर्णालीदृष्टी संवाददाता २९ मंसिर २०७८, बुधबार ०७:००

दैलेख । जिल्ला अदालत दैलेखका न्यायाधीश दण्डपाणी लामिछानेल चेतनाको अभावमा समाजमा व्याप्त घरेलु हिंसा रोकथाम गर्न सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने भएको औल्याउदै स्थानीय सरकारको अग्रसरता जरुरी रहेको बताउनुभएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र ‘इन्सेक’ले मंगलवार दैलेखमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि “सन् २०२१ जनवरी देखि संकलन गरेको मानव अधिकार हनन् तथा ज्यादतीका घटना सम्वन्धी वार्षिक पूर्वसमीक्षा” कार्यक्रममा बोल्दै लामीछानेले यस्तो बताउनुभएको हो ।

न्यायाधीश लामिछानेले समाजमा लुकेका घटना सार्वजनिक हुन सके अपराध नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो ।

सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले न्यायिक प्रक्रियामा गइसकेका घटनाहरुमा पनि आरोपितहरुको परिवारहरुलाई हतोत्साहित पार्ने गलत प्रबृति बिरुद्ध सञ्चार माध्ययमहरुले बोल्नुपर्ने आवश्यकता ओल्याउनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर साहले इन्सेकले संकलन गर्ने तथ्यांक सरकारका निकायसंग भरपर्दो तरिकाले पुनर्परीक्षण गरेर मात्र प्रकाशन गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा महिला तथा बालबालिका सेवा केन्द्रका कार्यक्रम संयोजक रमा श्रेष्ठले अपराध पीडितहरुलाई होष्टाइल गराउने परम्परा बसेको कारण पीडितहरु थप पीडित हुने गरेको दुखेसो गनुभयो ।

नेकपा एकीकृत समाजवादीका सचिव मानबहादुर खड्काले अपराधीलाई बचाऊ गर्ने राजनीतिक संस्कारलाई निरुत्साहित गर्न नागरिक समाजले अगुवाई गर्न आग्रह गर्नुभयोे ।

दैलेख उद्योग बाणिज्य संघका महासचिव राजेश हमालले भोकै बस्नु परेका, औषधि नपाएको, बालबालिकाका जन्मदर्ता नपाएका घटनाहरु पनि समेट्नुपर्ने सुझाव दिनुभयो ।

मानव अधिकार रक्षक सञ्जालका संयोजक बिशाल सुनारको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालयका जिल्ला सहायक न्यायाधिवक्ता रुक्मेडा पोखरेल, पत्रकार अभिसेक अनुराग लगायतले सुझावहरु दिनुभएको थियो ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले सन् २०२१ जनवरीदेखि संकलन गरिएका मानव अधिकार हनन् तथा ज्यादतीका ९९ वटा घटनाहरु जानकारी गराउनुभएको थियो ।

दैलेखमा सबै भन्दा धेरै २८ वटा बलात्कार, १७ वटा बहुविवाह, ११ वटा हत्या, ११ जना अमानवीय व्यवहार, १० वटा जटिल प्रकारका घरेलु हिंसा, ७ वटा यौन दुव्र्यवहार, ६ वटा बालविवाह, ३ वटा आत्महत्या दुरुत्साहन, ३ वटा जातीय विभेद, २ वटा ज्यानमार्ने उद्योग र एउटा मानव बेचविखन घटना समेत ९९ वटा घटना संकलन गरेको इन्सेकले जनाएको छ ।

Next Post

बाल विवाह र जबरजस्ती करणी उद्योगको आरोपमा दैलेखमा ३ जना पक्राउ

२९ मंसिर २०७८, बुधबार ०७:००
दैलेख । दैलेखमा बाल विवाह गर्ने एक जोडी पक्राउ परेका छन् । बाल विवाह गरेको आरोपमा दुई जनालाई दैलेख प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डीएसपी भुवनेश्वरप्रसाद शाहका अनुसार दैलेखको नारायण नगरपालिका वडा नं. ५ बस्ने बिशाल सुनारले सोही गाउँकी एक बािलकालाइ विवाह गरी घरमा […]