ट्याक्टर र ट्रकको ठक्करबाट ३ जनाको मृत्यु, १ जना घाइते ।

कर्णाली दृष्टि संवाददाता २७ कार्तिक २०७७, बिहीबार ०९:२३

काठमाडौ । बिहान क‌लंकीमा ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । बल्खुबाट सीतापाइलातर्फ गइरहेको बा ५ ख ८८६५ नम्बरको  ट्रकले मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरिराखेको  बा ३ ख ७५३० नम्बरको मिनी ट्रकलाई ठक्कर दिँदा ३ को मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नुवाकोट सुन्दरादेवीका २४ वर्षीय रोशन तामाङ, तारकेश्वर गाउँपालिकाका ३७ वर्षीय माधव घिमिरे र अर्का एक जनाको नाम खुलिसकेको छैन । दुर्घटनामा नुवाकोट तार्केश्वरका २२ वर्षीय विजय तामाङ घाइते भएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपील बोहोराले बताए ।

दुर्घटनालगत्तै गम्भीर घाइते भएका चारै जनालाई कलंकीस्थित सहिद मेमोरियल अस्पताल लगिए पनि तीन जनालाई चिकित्सकले मृत घोषणा गरेको डीएसपी बोहराले जानकारी दिए ।

 

Next Post

बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु ४५ जना घाइते ।

२७ कार्तिक २०७७, बिहीबार ०९:२३
बैतडी : बैतडीको गन्‍नाबाट छुटेको ना ५ ख ५१४१ नम्बरको पवनदुत यातायातको यात्रुवाहक बस बिहीबार राति बैतडीको खोडपेमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । अरु ४५ जना घाइते भएका छन्। घाइतेहरुलाई उद्धार गरी राति नै डडेलधुरास्थित उपक्षेत्रीय अस्पताल लगिएको छ । घटनास्थलमा राति नै बैतडी प्रहरी उद्धारका लागि […]