१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज बङ्गलादेशसँग खेल्ने

कर्णालीदृष्टी संवाददाता ९ पुष २०७८, शुक्रबार ०७:०८

काठमाण्डाै – १९ वर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ ।  खेल बिहान सवा एघार बजेदेखि यूएईको सारजाहमा सुरु हुनेछ । नेपाल र बङ्गलादेशबीच हिजो हुने भनिएको खेल आजका लागि सरेको थियो ।

नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र कुवेत रहेका छन् । नेपालले आइतवार श्रीलङ्का र मङ्गलवार कुवेतसँग खेल्नेछ ।

यसअघि सन् २०१७ मा मलेसियामा भएको प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । समूह ‘ए’ मा आयोजक यूएई, भारत, पाकिस्तान र अफगानिस्तान छन् । हिजो भएका खेलमा भारत, पाकिस्तान र श्रीलङ्काले विजयी सुरुवात गरेका छन् ।

भारतले यूएईलाई १ सय ४५ रन, श्रीलङ्काले कुवेतलाई २ सय ७४ रन र पाकिस्तानले अफगानिस्तानलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेका हुन् । जितसँगै भारत, पाकिस्तान र श्रीलङ्काको अङ्कतालिकामा दुई/दुई अङ्क भएको छ ।

दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

Next Post

भारतको लुधियानामा रहेको अदालतभित्र बम विस्फोट हुँदा दुई जनाको ज्यान गयो

९ पुष २०७८, शुक्रबार ०७:०८
काठमाण्डाै – भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट भएको छ । अदालतको तेस्रो तलामा हिजो दिउँसो भएको बम विस्फोटमा परि दुई जनाको ज्यान गएको छ । अरु चार जना गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ । बम विस्फोट अदालतको तेस्रो तलामा कोर्ट नम्बर […]