मूल्यवृद्धिको विरोधमा सुर्खेतको आयल निगम कार्यालय घेराउ

कर्णालीदृष्टी संवाददाता १३ माघ २०७८, बिहीबार १७:२१

सुर्खेत । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगम सुर्खेतको प्रादेशिक कार्यालय घेराउ गरिएको छ ।

नेकपा एमाले निकट अनेरास्ववियु सुर्खेतले मूल्यवृद्धिको विरोधमा आयल निगमको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतमा धर्ना दिएको हो ।

पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि खारेज गर्न माग गर्दै कार्यालय घेराउ गरिएको हो । अनेरास्ववियुले यसअघि मुख्यमन्त्री कार्यालयमा विरोध कार्यक्रम गरेको थियो ।

Next Post

कर्णाली प्रदेशसभाले स्थापनाको चौथो वार्षिकोत्सव विविध काक्रम गरी मनाउने

१३ माघ २०७८, बिहीबार १७:२१
सुर्खेत । कर्णाली प्रदेशसभाले स्थापनाको चौथो वार्षिकोत्सव मनाउने भएको छ । माघ २१ गते प्रदेशसभाले स्थापना दिवस मनाउने भएको हो । सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बसेको पदाधिकारीको बैठकले माघ १७ गते देखि विभिन्न कार्यक्रमहरु आयोजना गरेर वार्षिकोत्सव मनाउने निर्णय गरेको हो । सभामुख शाहीका अनुसार माघ १७ गते प्रदेश सभा […]