प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद विस्तार, थपिए ८ मन्त्री र १ राज्यमन्त्री

चक्र प्रसाद पोख्रेल १० पुष २०७७, शुक्रबार २०:१३

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जना थपेर मन्त्रिपरिषद विस्तार र केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । शुक्रबार मन्त्रिपरिषदमा ८ जना मन्त्री र एक राज्यमन्त्री थप भएका छन् ।

शुक्रबार टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी दावा लामा र जुलीकुमारी महतोले मन्त्री पदको सपथ लिएका छन् भने विमला विश्वकर्माले राज्यमन्त्रीको सपथ लिएकी छन् ।

मन्त्रिपरिषद विस्तारअघि प्रधानमन्त्रीले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडलाई हटाएका छन् ।

Next Post

 छामघाट खोला (कविता)

१० पुष २०७७, शुक्रबार २०:१३
  पश्चिम दैलख ड‍ोक्रा गाँउको प्यारो छ छामघाटको ख‍ोला निश्छल स्वच्छ गँगा सधै बगिरहने छ प्यारो छामघाटको खोला माछा मार्ने, पौडि खेल्न जाने ठाउँ छ प्यारो छामघाटो खोला पानी प्यास मेटाई महेल फाल्ने ठाँउ छ प्यारो छामघाटको खोला अन्न पिस्न घट्ट जाने गाई भैंसी चराउने ठाउँ छ प्यारो छामघाटको खोला […]

सम्बन्धित समाचार