जुम्लाका किसानको बगैँचामै गएर स्याउ व्यवस्थापन तालिम

कर्णालीदृष्टी संवाददाता १४ फाल्गुन २०७८, शनिबार १४:५१

जुम्ला – जुम्लाका स्याउ किसानलाई स्याउ बगैँचा भित्रै बगैँचा व्यवस्थापन तालिम अभियान थालिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई कार्यालय सुपरजोन कार्यालय जुम्लाले कार्य क्षेत्रका विभिन्न स्थानमा किसानहरुलाई स्याउ बगैँचामै गएर तालिम दिइएको हो ।

सुपरजोन कार्यालय जुम्लाका निमित्त वरिष्ठ कृषि विकास अधिकृत गंगा पोख्रेलका अनुसार किसानलाई स्याउ बगैँचा व्यवस्थापन तथा काटछाट व्यावहारिक तालिम दिइएको छ ।

उहाँका अनुसार बगैँचामै गएर कार्यक्षेत्र चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासीका १० स्थानमा तालिम सम्पन्न भएको र दुई तालिम केही दिनमै सकिने भएको छ । यसैगरी कालिकोटको रासकोट र तिलागुफा नगरपालिकामा ५ वटा तालिम सम्पन्न गरिएको छ ।

तालिममा २५ जनाका दरले तीन सय ७५ जना किसान यस वर्ष बगैँचा व्यवस्थापन तालिममा सहभागी हुनेछन् । यसैगरी कालिकोमा पनि पाँचवटा तालिम संचालन गरिएको छ ।

विभिन्न स्थानमा स्याउ रोपेका किसानको उपस्थितिमा व्यवहारिक तालिम दिइएको हो । स्याउ किसानलाई हरेक तालिममा बिरुवा लगाएदेखि काटछाट कसरी गर्ने, मल कति र कसरी हाल्ने, वोडो पेष्ट कसरी लगाउने लगायतका विभिन्न विषयमा जानकारी गरिएको छ ।

प्रशिक्षक रामबहादुर खत्रीका अनुसार किसानले स्याउ लगाएपछि बिरुवाको हेरचाह र व्यवस्थापनमा ध्यान नदिएपछि स्याउ नफल्ने भन्दै अहिले बगैँचामै व्यस्थापनको सीप सिकाइएको बताउनुभयो ।

उहाँका अनूसार किसानलाई एउटा विरुवाले कसरी गुणस्तरी स्याउ तथा फल दिन्छ वा बिरुवा व्यस्थापनका चरणहरु समेत सिकाइएको छ । किसानले स्याउ सुपरजोन जुम्लामा लागु भएपछि व्यावसायिक किसानहरु खुशी हुँदै आएका छन् ।

Next Post

दाङमा हाब्रेको छालासहित ३ जना पक्राउ

१४ फाल्गुन २०७८, शनिबार १४:५१
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले संरक्षित सूचीमा रहेको हाब्रेको छालासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सबै रोल्पाका हुन् । पक्राउ पर्नेमा रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ७ बस्ने ३२ वर्षीय रामबहादुर थापा, लुङग्री गाउँपालिका वडा नं. ३ बस्ने २० वर्षीय रुपक खडका र सुनछहरी गाउँपालिका वडा […]