रुकुम पश्चिममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, दुई प्रहरीसहित दश जना घाइते

कर्णालीदृष्टी संवाददाता २४ बैशाख २०७९, शनिबार १३:५८

रुकुम पश्चिम – रुकुम पश्चिमको चौरजहारी र आठबिसकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

झडपमा दुई जना प्रहरीसहित दश जना घाइते भएका छन् । अस्थायी प्रहरी पोष्ट स्यालाखदीका अनुसार आठबिसकोट नगरपालिका–३ खदीमा दुई पक्षबीच भएको झगडा मिलाउने क्रममा दुई जना प्रहरी जवान बुद्धबहादुर थापा र चक्रबहादुर रोकाया घाइते हुनुभएको छ ।

यस्तै माओवादी केन्द्र र कांग्रेसका गरी वडाअध्यक्षका उम्मेदवारसहित पाँच जना घाइते भएका छन् । माओवादी केन्द्रका वडाअध्यक्षको उम्मेदवार केशरमान विक तथा कार्यकर्ता तुलबहादुर विक र सन्तोष विक घाइते हुनुभएको हो । त्यसैगरी नेपाली कांग्रेसका आठबिसकोट–३ का सीता बोहरा र डिल्लीराज बोहरा घाइते हुनुभएको छ ।

त्यसैगरी चौरजहारीमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । चौरजहारी नगरपालिका–१ घारीगाउँमा दुई पक्षबीच भएको झपडमा कांग्रेसका वडा सभापतिसहित तीन जना घाइते भएका छन् ।

वडा सभापति यज्ञश विष्ट, तरुण दल चौरजहारीका अध्यक्ष त्रिलोचन गिरी र कांग्रेस कार्यकर्ता मनबहादुर विक घाइते हुनुभएको हो । विष्ट र विकलाई थप उपचारको लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

Next Post

दैलेखमा मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम प्रदान

२४ बैशाख २०७९, शनिबार १३:५८
दैलेख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दैलेखमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम दिईएको छ । जिल्ला निर्वाचन कार्यालय दैलेखको आयोजनामा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको हो । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तरगर्त मतदानस्थलमा खटिने मतदान अधिकृत तथा सहायक मतदान […]