बाँके निकुञ्ज र आसपासका सामुदायिक वन क्षेत्रमा वन्यजन्तु र मानवबीच द्वन्द्व बढ्दै

कर्णालीदृष्टी संवाददाता ३ माघ २०७८, सोमबार ०७:०१

नेपालगन्ज । बाँके निकुञ्ज र आसपासका सामुदायिक वन क्षेत्रमा वन्यजन्तु र मानवबीच द्वन्द्व बढ्दै गएको छ । लगातार वन्यजन्तुले मध्यवर्तीका बासिन्दामाथि आक्रमण गर्न थालेपछि स्थानीयमा आक्रोश बढेको हो । यसले संरक्षणकर्मी र उपभोक्ताबीच असमझदारी देखिएको छ ।

वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने व्यक्तिका परिवारले क्षतिपूर्ति तथा परिपूरण रकम पाउने प्रक्रिया पनि निकै झन्झटिलो छ ।

पछिल्लोपटक बाँकेको राप्तीसोनारी गाउँपालिकामा पुस २४ गते बाघको आक्रमणबाट ज्यान गुमाएकी चाँदनी थारु र त्यसअघि पुस २२ गते बाघकै आक्रमणबाट मृत्यु भएकी लीलाकुमारी विष्टका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन भइरहेको ढिलाइले बाँके राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय र गृह प्रशासनका अधिकारीबीच द्वन्द्वको अवस्था उत्पन्न भएको हो ।

‘वनजंगलबिना हामी बाँच्न सक्दैनौं । हामीबिना वन पनि जोगिंदैन,’ वन्यजन्तु प्रभावित क्षेत्र फत्तेपुरकी सोमती चौधरीले भन्नुभयो, ‘मृतका परिवारले छिटो क्षतिपूर्ति पाउनुपर्छ । नत्र आन्दोलनमा उत्रन सक्छौं ।’

सरकारी वनबाहेकका क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा क्षतिपूर्तिबापत प्रतिव्यक्ति १० लाख रुपैयाँ दिने व्यवस्था छ । ‘त्यसका लागि लामो कागजी प्रक्रिया पु¥याउनुपर्छ,’ डिभिजन वन कार्यालयका प्रमुख दधिलाल कँडेलले भन्नुभयो, ‘त्यसैले गर्दा ढिलो भएको हो ।

निकुञ्ज र डिभिजन वन कार्यालयका अधिकारीले आक्रमण गर्ने बाघको प्रत्यक्षदर्शीमार्फत पहिचान गरे पनि प्रहरीको घटना मुचुल्का, मृत्युदर्ता प्रमाणपत्र, गाउँपालिका र प्रमुख जिल्ला अधिकारीले राहतका लागि दिने सिफारिस डिभिजन वन कार्यालय हुँदै राष्ट्रिय निकुञ्जमा पठाउनु पर्ने जस्तो कागजी प्रक्रिया पु¥याएर मात्रै क्षतिपूर्ति रकम उपलब्ध गराउने भनेपछि प्रभावित क्षेत्रका बासिन्दा र सरकारी अधिकारीबीच अहिले ‘वाक् युद्ध’ सुरु भएको छ ।

विरोधले चर्को रूप लिएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत र डिभिजन वन कार्यालयका प्रमुखले बाघको आक्रमणबाट ज्यान गुमाउने दुई जना महिलाका परिवारलाई घरमै पुगेर क्षतिपूर्तिर् रकम दिने आश्वासन दिए पनि पीडित परिवार र आफन्तहरू विश्वस्त हुन सकेका छैनन । कान्तीपुरबाट

Next Post

नेपालगञ्ज नाकामा स्वास्थ्यकर्मी अभाव

३ माघ २०७८, सोमबार ०७:०१
नेपालगन्ज । भारतबाट फर्केका यात्रुको कोरोना जाँचमा खटिएका स्वास्थ्यकर्मी नै संक्रमित हुन पुगेका छन् । नाकामै कोरोना भाइरसको परीक्षणका लागि खटिएका १७ जना स्वास्थ्यकर्मीमा ९ जना संक्रमित भएका छन् । हेल्थ डेस्कमै खटिएका कर्मचारी कोरोना भाइरसबाट संक्रमित हुन थालेपछि नाकामा स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मीको अभाव हुन थालेको छ । नाकाको […]

सम्बन्धित समाचार