एमालेको जिल्ला अधिबेशन आजः दैलेखको कवर्ड हलमा अधिवेशन उद्घाटन गर्ने तयारी

कर्णालीदृष्टी संवाददाता २३ पुष २०७८, शुक्रबार ०७:४३

दैलेख । नेकपा एमालेले जिल्ला अधिवेशन आज गर्दै छ । यसअघि वडा र पालिका पनि एकैपटक अधिवेशन गरेको एमालेले आज भूगोल तर्फको जिल्ला अधिवेशन एकै दिन गर्न लागेको हो । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट विहान ११ बजे जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुने छ ।

प्रदेश २ का सात सहित केही जिल्ला बाहेक सबै जिल्लाको अधिवेशन आज एकै पटक हुने छ । केही हिमाली जिल्लाहरूमा बाहेक अन्यमा स्थानमा भूगोलतर्फको जिल्ला कमिटीको अधिवेशन आज एकैपटक हुनेछ ।

यसैबिच नेकपा एमाले दैलेखको जिल्ला अधिवेसन आज उद्घाटन हुदै छ । अधिवेशन नजिकिए सँगै एमालेका नेता तथा कार्यकर्ताहरुको सदरमुकाम दैलेख बजारमा उपस्थिती बाक्लो बन्दै गएको छ ।

कवर्ड हलमा अधिवेशन उद्घाटन गर्ने तयारी भएको नेकपा एमाले दैलेखका अध्यक्ष रबिन्द्रराज शर्माले जानकारी दिनुभएको छ ।

पार्टी अध्यक्ष के.पि. शर्मा ओलिले एकैपटक देशभरका सबै अधिवेशन उद्घाटन गरेपश्चात पार्टीको आगामी रणनीतिका बारेमा छलफल र बहस हुने र अध्यक्षको प्रतिवेदन पेश भएपछि अधिवेशन उद्घाटन सम्पन्न हुने र नेतृत्व चयन प्रक्रियामा जाने अध्यक्ष शर्माले जानकारी दिनुभएको छ ।

जिल्ला अध्यक्ष पदका लागि ६ जना आकाँक्षी रहेको नेताहरुले जानकारी दिएका छन्, तर जिल्ला अध्यक्षमा आधिकारीक रुपमा भने दाबी कसैले पनि अहिलेसम्म पेश नगरेको पार्टी कार्यालय सचिव यामनारायण उपाध्यायले बताउनुभएको छ ।

बर्तमान अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य रबिन्द्रराज शर्मा पुनः अध्यक्ष पद दोहोराउने तयारीमा हुनुहुन्छ । उहासंगै वर्तमान पार्टी उपाध्यक्ष एवं जिल्ला समन्वय समितिका सदस्य प्रेम थापा, पूर्व जिल्ला उपसभापति सुर्यबहादुर शाही, औधोगिक क्षेत्र विकास लिमिटेडका अध्यक्ष नन्द किशोर बस्नेत, चामुण्डा बिन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्य बहादुर शाही र गुराँस गाउँपालिकाका नेता कर्ण खड्काका चर्चा चलेको छ ।

जिल्लाका शिर्ष नेताहरु सर्वसम्मत नेतृत्व चयन गर्ने बिषयमा निरन्तर छलफल र बहस गरिरहेका छन् । एक नेताले भन्नुभयोे, सर्बसम्मत नेतृत्व चयनको तयारी छौं, दैलेखमा पनि सर्वसम्मत नेतृत्व चयन हुन्छ तपाँईहरु ढुक्क हुनुहोस् ।

यस्तै आन्तरिक विवादका कारण प्रदेश २ का सप्तरीबाहेक सात जिल्लामा भने आज अधिवेशन नहुने भएको छ । सप्तरीबाहेकका बाँकी सात जिल्लाको अधिवेशन पछि हुने नेकपा एमालेले जनाएको छ ।

अधिकारीका अनुसार प्रदेश २ को पर्सामा पुस २७, बाराको २८, रौतहटको २९, सिराहाको २५ गते, धनुषा माघ ३, महोत्तरी माघ ५ र सर्लाहीको ७ गते जिल्ला अधिवेशन हुने तय भएको छ।

एमालेको रोल्पाको अधिवेशन पनि रोकिएको छ । हिजो एमाले जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको निधन भएकोले त्यहाँको अधिवेशन रोकिएको हो । अधिवेशनको तयारीमै रहेका बेला रोकाको हृदयघातका कारण निधन भएको थियो ।

एमाले र माओवादी केन्द्रबीच भएको एकतापछि निष्कृय रहेको जिल्लालाई एकैपटक अपडेट गर्नका लागि एकै मितिमा अधिवेशन गर्न लागेको नेताहरुले बताएका छन ।

मंसिर अन्तिम साता भएको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पुस २३ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो। एमालेको भूगोलतर्फ ७७ वटा जिल्ला कमिटी रहेका छन ।

यस्तै गैर भौगोलिक ११ गरी ८८ जिल्ला कमिटी रहेका छन । यस्तै एमालेले माघ ८ गते प्रदेश अधिवेशन गर्दै छ । अखिल नेपाल किसान महासंघ राष्ट्रिय सम्मेलन २०७८ फागुन २८ गते रौतहटमा गर्ने छ ।

महासंघको माघ २८ मा जिल्ला र फागुन १ देखि ७ सम्म प्रदेश अधिवेशन गरिसक्ने छ । एमालेले मंसिर १० देखि १४ गतेसम्म राष्ट्रिय महाधिवेशन गरेको थियो ।

Next Post

दुर सञ्चार कार्यालयद्धारा निशुल्क झोला, कापी कलम र सिम कार्ड वितरण

२३ पुष २०७८, शुक्रबार ०७:४३
दैलेख । दूर सञ्चार कार्यालयले दैलेखका जेहन्द्धार बिद्यार्थीहरुलाई निशुल्क झोला र कापी कलम र सिमकार्ड वितरण गरेको छ । दुर सञ्चार कार्यालय दैलेख तथा दुर सञ्चार प्रादेशीक निर्देशनालय सुर्खेतको संयूक्त आयोजनामा आज (शुक्रबार) दैलेखको सरस्वती माध्यामीक बिद्यलाय तर्ताङमा एक कार्यक्रमको आयोजना गरिब तथा जेहन्दार छात्र छात्राहरुलाई गरि २५ थान झोला […]