पत्रकारलाई सेवामुखि हुन कानुन मन्त्रि शाहिको सुझाव

कर्णालीदृष्टी संवाददाता ६ फाल्गुन २०७८, शुक्रबार ०७:२५

सुर्खेत –कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले पत्रकारहरु लाई सेवामुखी हुन आग्रह गर्नुभएको छ ।

वी इनस्पाएर नेपालको आयोजनामा भएको दुई दिने मिडिया साक्षात्कार तालिमको समापन कार्यक्रममा बोल्दै मन्त्री शाहीले संचार क्षेत्रमा काम गर्ने पत्रकार र संचरकर्मीहरुले निजि स्वार्थ र दलिय स्वार्थबाट टाढा रहेर सत्य तथ्यमा आधारित भई समाचार संकलन गर्न समेत मन्त्री शाहीले अनुरोध गर्नुभयो ।

पत्रकार भनेको राष्ट्रको चौथों अंग भएको बताउदै उहाले कणाली प्रदेश सरकाले सम्पुर्ण पत्रकारहरुको हकहितको लागि वृहत छलफलका साथै कर्णाली प्रदेश आमसंचार प्रतिष्ठान गठन गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

देशले रुपान्तरण र पुस्तान्तरण खोजेकोले युवा पुस्ता निश्वार्थ भावनाका साथ लाग्नुपर्नेमा पनि कानुन मन्त्री शाहीले जोड दिनुभयो ।

आफु सबैको साझा जनप्रतिनिधी बन्ने आश्वासन दिदै मन्त्री शाहीले र सबै जनप्रतिनिधी, राष्ट्र सेवक कर्मचारीहरुलाई दलिय स्वार्थबाट टाढा रहन पनि मन्त्री शाहीले आग्रह गर्नुभयो ।

Next Post

सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसीमा सहमति जुट्ने सम्भावना कम

६ फाल्गुन २०७८, शुक्रबार ०७:२५
काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बिहान १० बजेपछि बस्ने बैठकमा अमेरिकी अनुदान सहयोग एमसीसी सम्झौता टेबल गर्ने तथा संसद् बैठकको अवरोध हटउने लगायत विषयमा छलफल हुनेछ । प्रधानमन्त्री निवास, बालुवाटारमा हिजो बेलुका बसेको बैठक निष्कर्षमा नटुङ्गिएकाले संसद् बैठक अघि आज फेरि […]