इटलीमा केबलकार दुर्घटना हुँदा १४ जनाको ज्यान गयो

कर्णाली दृष्टि संवाददाता १० जेष्ठ २०७८, सोमबार ०८:२२

काठमाडौं : इटलीको माजीओरी तालनजिकै एउटा केबलकार खस्दा १४ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना बालकको पनि ज्यान गएको छ भने अर्का एक बालक गम्भीर घाइते भएका छन्।

स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ यात्रु ओसारिरहेका बेला केबलकार दुर्घटनामा परेको बीबीसीले जनाएको छ । ज्यान गुमाउने १४ जनामध्ये पाँच जना इजरायलका नागरिक भएका त्यहाँको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।

आपत्कालीन सेवासम्बन्धी निकायहरूले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा तस्बिरमा जङ्गलमा दुर्घटनाग्रस्त केबलकार देख्न सकिन्छ ।

Next Post

अनेरास्ववियु दैलेखका सह-संयोजक खड्का माथि आक्रमण

१० जेष्ठ २०७८, सोमबार ०८:२२
दैलेख :अनेरास्ववियु दैलेखका सह-संयोजक निरक खड्का माथि आक्रमण गरियएको छ । महाबु गाउँपालिका २, बडाखोला मा ५/६ जनाको टोलिले आक्रमण गरेको हो ।आक्रमण बाट खड्काको बायाँ हात मा गम्भीर चोट लाग्नुको साथै शरिरका विभिन्न भागमा पनि चोटपटक लागेको छ। अनेरास्ववियु दैलेखले खड्का माथि आक्रमण गर्ने टोलिलाई कानुनको दायरामा ल्यएर कारबाहि […]