जिप भीरमा खस्दा तनहुँमा ४ को मृत्यु, ८ जना घाइते

कर्णालीदृष्टी संवाददाता १ माघ २०७८, शनिबार ०६:५५

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

धरमपानीस्थित हटिया भन्ने ठाउँमा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जिपमा १२ जना चढेका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । घाइते भएकालाई उद्धार गरी बन्दीपुर अस्पताल पठाइएको उहाले बताउनुभयो ।

मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । ग १ ज ६५५५ नम्बरको जिप अनियन्त्रित भई भीरबाट तल खसेको थियो ।

Next Post

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

१ माघ २०७८, शनिबार ०६:५५
काठमाण्डाै – आज माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । आजदेखि उत्तरायण सुरु भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले […]