कांग्रेसका जीवनबहादुर शाहीद्वारा कर्णालीको मुख्यमन्त्रीमा दाबी पेस, सपथ ग्रहण आजै हुने ।।

कर्णालीदृष्टी संवाददाता १६ कार्तिक २०७८, मंगलवार १७:३६

सुर्खेत । कर्णाली प्रदेशमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ । शाहीको समर्थनमा २१ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका छन । गठबन्धनका तीन दलका सांसदहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न शाही प्रदेश प्रमुखको कार्यालय पुग्नुभएकोथियो ।

तीन दलका सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगेको र गठबन्धन दलका सबै सांसदको समर्थनसहित आएको कांग्रेस सांसद दिनबन्धु श्रेष्ठले बताउनुभयो ।

केन्द्रीय गठबन्धन अनुसार नै कर्णालीमा कांग्रेसबाट मुख्यमन्त्री बन्न लागेका शाहीलाई माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले समर्थन दिएका छन । कर्णालीमा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एकीकृत समाजवादीका ३ प्रदेश सभा सदस्य छन् । हाल कायम ३५ प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि १८ मत आवश्यक पर्दछ ।

नबनियुक्त मुख्यमन्त्री शाहीको आज राती ८ः३० बजे सपथ हुने प्रदेश प्रमुख कार्यलयले जनाएको छ । शाहीले सपथ ग्रहणपछि आज नै पदभार ग्रहण गर्ने उहाको नीजि सचिवालयले जनाएको छ ।

Next Post

एमाले दैलेखको ६ पालीकामा अबिधेसन सम्पन्न, बाकी ५ पालीकामा अबिधेसन जारी ।।

१६ कार्तिक २०७८, मंगलवार १७:३६
दैलेख । नेपाल कम्युनिष्ट पार्टी एमाले दैलेखकोे पालिका स्तरीय अधिवेशन अन्र्तरगत बिभीन्न पालीकाको अबिधेसन सम्पन्न भएको छ । सोमबारदेखी सूरु भएको अबिधेशन अन्र्तरगत अहिलेसम्म सम्पन्न भएका सबै पालीकाहरुमा सर्वसम्मत रुपमा पार्टीको नेतृत्व चयन गरीएको एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले जानकारी दिनुभयो । उहाका अनुसार अहिलेसम्म जिल्लाका ११ स्थानीय तह मध्ये […]