टिकटकबाट चिनजान युवतीलाई दुई दिनसम्म होटलमा करणी गरी गरगहना र पैसा लिएर फरार अभियुक्त पक्राउ

चक्र प्रसाद पोख्रेल १४ फाल्गुन २०७७, शुक्रबार २१:०९

विराटनगर :बलात्कारपछि लुटपाट गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले एक युवकलाई पक्राउ गरेको छ ।सामाजिक सञ्जाल टिकटक मार्फत चिनजान भएकी युवतीलाई दुई दिनसम्म होटलमा करणी गरी युवतीको गरगहना र पैसा लिएर फरार भएको आरोपमा कास्की कास्कीकोट गाउँपालिका– ४ का ३९ वर्षीय राजीव गुरुङलाई पक्राउ गरेको हो ।

इटहरीकी युवतीलाई ठगेर फरार भएका गुरुङलाई झापाकी महिला भेट्न जार्दै गर्दा इटहरीबाटै पक्राउ गरेको प्रहरीको दावी छ ।कास्कीबाट गत माघ २५ गते आएका गुरुङ इटहरी उपमहानगरपालिका– ९ स्थित आरआर होटलमा दुई दिन बसेका थिए । त्यसपछि युवती नुहाउन वाथरुम गएका बेला माघ २७ गते सुनको झुम्का, ब्रास्लेट, सिक्री, नगद २७ हजार पाँचसय, सांग्रिला विकास बैंकको एटीएम र मोबाइल फोन लिएर भागेको भन्दै प्रहरी कार्यालयमा जाहेरी परेको थियो ।

त्यसपछि गुरुङ सामाजिक सञ्जाल मार्फत नै चिनजान भएकी झापाकी महिलालाई भेट्न आउँदै गर्दा इटहरीबाट पक्राउ परेका हुन् । पक्राउ परेका गुरुङको साथबाट उजुरी गर्ने महिलाको बैंकको एटीएम कार्ड पनि बरामद भएको प्रहरीले जनाएको छ ।

Next Post

आजदेखि आयोगले एमाले र माओवादी केन्द्र ब्युँताउने काम सुरु गर्ने

१४ फाल्गुन २०७७, शुक्रबार २१:०९
काठमाडौं :निर्वाचन आयोगले आजदेखि नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताउन काम सुरु गर्ने भएको छ ।हिजो अन्तर्राष्ट्रिय नारी दिवस परेकाले आजदेखि आवश्यक काम थाल्न लागिएको आयोगले जनाएको छ । दुई पार्टीबीच एकतापछि मोरङका पूर्वएमालेका कार्यकर्ता सन्ध्या तिवारीको नेतृत्वमा आयोगमा नेकपा एमाले दर्ता छ । त्यस्तै गोपाल किराँतीको नेतृत्वमा माओवादी केन्द्र […]

सम्बन्धित समाचार