कोरोनाविरुद्धको खोप निर्यातमा लगाएको रोकलाई भारतले अक्टोबरदेखि खुलाउने तयारी ।।

कर्णालीद्धृष्टी संवाददाता ५ आश्विन २०७८, मंगलवार ०७:४७

नयाँदिल्ली — कोरोनाविरुद्धको खोप निर्यातमा लगाएको रोकलाई भारतले अक्टोबरदेखि खुलाउने तयारी गरेको छ । केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मंडावियाले अर्को महिनाबाट ‘भ्याक्सिन मैत्री’ कार्यक्रम थालिने बताएका छन ।

सञ्चारकर्मीसँग सोमबार कुरा गर्दै उनले खोप निर्यात खुलाउने तयारी रहेको बताएका छन । देशभित्र आफ्ना नागरिकलाई खोप लगाउने विषय पहिलो प्राथमिकतामा रहेको र त्यसमा सफलता प्राप्त भइरहेको उल्लेख गरे । अक्टोबरमा ३० करोडभन्दा बढी र अर्को महिनामा एक सय करोड खोपको मात्रा भारत सरकारले प्राप्त गर्ने जानकारी उनले दिए ।

अहिलेसम्म भारतमा खोप ८१ करोडभन्दा बढी मात्रा खपत भइसकेको उनले बताएका छन । अब आफूलाईभन्दा बढी हुने खोप अक्टोबरदेखि डिसेम्बरसम्म तीन महिनाभित्र विभिन्न देशमा निर्यात गरिने उनले उल्लेख गरेका छन । ‘भ्याक्सिन मैत्री’ कार्यक्रमलाई प्रारम्भ गरिने र त्यसअन्तर्गत आवश्यक भएका देशलाई भ्याक्सिन निर्यात गरिने उनले जानकारी दिएका छन ।

 

अप्रिलसम्ममा ९० देशलाई ६ करोड बढी मात्रा निर्यात गरेको थियो तर दोस्रो लहर बढेपछि रोक लगाएको थियो । त्यही बेला नेपालले भारतसँग खरिद गरिसकेको १० लाख कोभिसिल्ड खोप अहिलेसम्म पाउन सकेको छैन ।

Next Post

संघ र आफ्नै कारणले कमजोर बने प्रदेश सरकार ।।

५ आश्विन २०७८, मंगलवार ०७:४७
काठमाडौं । नेपालको संघीयतामा प्रदेश संरचना नयाँ हो र यो क्रियाशील भएको चार वर्ष भइसकेको छ । तर, अझै पनि आफ्नो अस्तित्व आफैं स्थापित गर्न नसकेको राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भनाई छ । अर्का राजनीतिक विश्लेषक विष्णु दाहालको बुझाइ पनि उस्तै छ । प्रदेश तहमा रहेका जनप्रतिनिधिहरूले दूरदृष्टि राख्न नसकेको […]