सुर्खेत । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतले छिट्टै लालपूर्जा दिने भएको छ । अध्यक्ष श्रीधर पौड्यालले वास्तविक भूमिहीनलाई जग्गाको मालिक बनाउने गरी काम छिटो भइरहेको बताउनुभयो ।
उहाले पहिलेको आयोगले अधुरा राखेका कामको अध्ययन गरेर लालपूर्जा लागि बाँकी प्रक्रिया अगाडि बढिरहेको जानकारी दिनुभयो ।
आयोगले जनताको हातमा रातोपुर्जा दिन्छ भन्ने विश्वासका साथ स्थानीय जनप्रतिनिधिलाई सहयोग गर्न सुझाव दिनुभयो । २०२२ सालदेखि लालपूर्जा नपाएका नागरिकलाई छिट्टै लालपूर्जा दिलाउने उहाले प्रतिबद्धता जनाउनुभयो ।


