तनहुँको दमौलीमा लागेको आगो ४ घण्टापछि निभाइयो, ७ वटा घर जले

कर्णालीदृष्टी संवाददाता २२ फाल्गुन २०७८, आईतवार १७:१५

तनहुँ – तनहुँको व्यास नगरपालिका ४ दमौली बजारमा लागेको आगो झन्डै चार घण्टापछि केहीबेरअघि निभाइएको छ ।

काठमाण्डौबाट गएको हेलिकप्टर, आठ वटा दमकल, ट्याङ्कर, सेना, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो ।

सिम्रिक एअरको हेलिकप्टरले मादी नदीबाट पानी ओसार्दै आगो निभाउन सहयोग पुर्‍याएकाे थियो । हेलिकप्टरकै कारण आगाे छिटो निभाउन सकिएको बताइएको छ ।

उहाँका अनुसार आगलागीमा परेर सात वटा घर जलेका छन् । अरू ठाउँमा आगो नफैलियोस् भनेर अरू चार वटा घर डोजर लगाएर भत्काइएको छ ।

आज बिहान साढे १० बजेदेखि दमाैली बजारमा रहेकाे भूपाल हार्डवेयर गोदाममा आगो लागेको थियो । आगलागीका कारण मानवीय क्षति नभए पनि अरू क्षतिको विवरण सङ्कलनको काम केही बेरमा सुरु गरिने पनि गैरेले बताउनुभयो ।

Next Post

एमाले सांसद मोहन बानियाँ निलम्बित

२२ फाल्गुन २०७८, आईतवार १७:१५
काठमाण्डौ । बलात्कारको आरोप लागेका एमाले सांसद मोहन बानियाँ निलम्बित भएका छन् । बानियाँमाथि बलात्कार मुद्दामा प्रहरी हिरासतमा राखेरअनुसन्धान भइरहेको सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकमा जानकारी गराएका थिए । उक्त जानकारी सँगै बानियाँ निलम्बित भएका छन् । पूर्वमन्त्री समेत रहेका बानियाँ बलात्कार अभियोगमा विमानस्थलबाटै पक्राउ परेका थिए । जुम्लाकी शिक्षिका […]

सम्बन्धित समाचार