फागुन १ गतेदेखि विद्यालय खोल्ने सरकारको तयारी

कर्णालीदृष्टी संवाददाता २१ माघ २०७८, शुक्रबार १८:१६

काठमाण्डाै – सरकारले काेभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको अवस्था हेरेर आउँदाे फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ ।

सरकारले आफ्नो क्षेत्रमा रहेको कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय खोल्ने वा बन्द गर्ने जिम्मा पालिकालाई दिन लागेको हो । आज सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयमा गाउँपालिका महासङ्घ, प्याब्सन, एन प्याब्सन, अभिभावक महासङ्घ, शिक्षा मन्त्रालयका प्रतिनिधिलगायतको छलफलमा सहभागी सबैजसोले पालिकाको निर्णय र निगरानीमा फागुन १ गते आइतवारदेखि विद्यालय खोल्न सुझाव दिएका थिए ।

सरकारी अधिकारीहरूले फागुन १ गतेदेखि विद्यालय खोल्ने गरी तयारी गरेको जानकारी गराएका अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिनुभयो ।

आफूहरूले विद्यालय खोल्ने वा बन्द गर्ने सबै अधिकार पालिकालाई दिन माग गरेको पनि उहाँले बताउनुभयो । केही पालिकाहरूले भने विद्यालय खोल्ने निर्णय गरिसकेका छन् ।

यसअघि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ महिनासम्म भौतिक रूपमा शैक्षिक संस्थाहरू बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । त्यसैअनुसार शैक्षिक संस्थाहरू अहिले बन्द छन् ।

Next Post

कर्णाली सरकारले आइतबारसम्म पूर्णता पाउँछः मुख्यमन्त्री शाही

२१ माघ २०७८, शुक्रबार १८:१६
सुर्खेत । कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले अब कर्णाली सरकारले आइतबारसम्म पूर्णता पाउने बताउनुभएको छ । सत्ता गठबन्धन पार्टीका तल्लो तहदेखि भएका विभिन्न राजनीतिक कार्यक्रमदेखि केन्द्रीय महाधिवेशन तथा कोभिड–१९ को तेस्रो लहरको प्रभावले सरकारले पूर्णता पाउन नसके पनि अब सरकारले पूर्णता पाउने मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो । सरकार विस्तारका साथै […]