श्रीलङ्काका राष्ट्रपतिद्वारा १ सय ९७ कैदीलाई माफी

कर्णालीदृष्टी संवाददाता २२ माघ २०७८, शनिबार ०७:१९

श्रीलङ्काका राष्ट्रपति गोताबाय राजापक्षले एक सय ९७ कैदीलाई आम माफी दिनुभएको छ । देशको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा सरकारको सिफारिसमा उहाँले एक सय ९७ कैदीलाई आम माफीको घोषणा गर्नुभएको हो ।

कारागारभित्र रहँदा व्यवहार तथा चरित्रमा सुधार हुँदै गएकाहरूलाई बाँकी सजाय छुट गरिएको सरकारले जनाएको छ । व्यवहारमा सुधार भएकामध्ये पनि ६५ वर्ष उमेर पूरा गरेका, तोकिएको कुल सजायमध्ये कम्तीमा ५० प्रतिशत कटाइसकेकालाई आम माफीका लागि छनाेट गरिएको हो ।

तर हत्या, लागुऔषध कारोबार, बलात्कार र सैन्य अपराधमा संलग्न भएको आरोप पुष्टि भएकाहरूलाई भने आम माफी नदिइने व्यवस्था छ ।

श्रीलङ्का सन् १९४८ को फेब्रुअरी ४ मा बेलायती उपनिवेशबाट मुक्त भएको थियो । त्यतिबेलादेखि श्रीलङ्कामा हरेक वर्षको फेब्रुअरी ४ का दिन राष्ट्रिय स्वतन्त्रता दिवस मनाउने गरिएको छ ।

Next Post

चीनमा शीतकालीन ओलम्पिक्स सुरु

२२ माघ २०७८, शनिबार ०७:१९
काठमाण्डौ । शीतकालीन ओलम्पिक्स खेल चीनमा सुरु भएको छ । कोरोनाको नियन्त्रण, मानव अधिकार हननको आरोप र कुटनीतिक बहिष्कारका बीच बेइजिङमा ओलम्पिक्स सुरु भएको हो । बेइजिङ ग्रीष्मकालीन र शीतकालीन दुवै ओलम्पिक्स आयोजना गर्ने एक मात्र सहर बनेको छ । ओलम्पिक्समा खेल प्रतियोगिताहरू हुने खेलस्थलमा भएका धेरैजसो हिउँ मानवनिर्मित हुन् […]