राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत दैलेखका ६५ विद्याल छनोट

खगेन्द्र राना मगर १२ फाल्गुन २०७८, बिहीबार ०७:०७

दैलेख । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत दैलेखका ६५ वटा विद्यालय छनोटमा परेका छन् । भौतिक संरचना जीर्ण बन्दै गएका र प्रत्येक वर्ष शैक्षिक अवस्था खस्कँदै गएका बेला शैक्षिक सुधारको लागि दैलेखका ६५ विद्यालय छनोटमा परेका हुन् ।

चालु आर्थीक बर्षमा सिफारिस गरिएका २ सय ७८ मध्ये ६५ वटा बिद्यालय छनोटमा परेका शिक्षा विकास तथा समन्वय इकाइ दैलेखका प्रमुख तेजबहादूर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाको नारायण नगरपालीकाका ६, दूल्लु नगरपालीकाका ८, चामुण्डा बिन्द्रासैनि नगरपालीकाका ९, आठबिस नगरपालीकाका ६, महाबू गाउपालीकाका ५ र ठाँटीकाध गाउपालीकाका ५ बिद्यालय छनोटमा परेका छन ।

यस्तै गूराँस गाउपालीकाका ५, भैरवी गाउपालीकाका ४, डुंगेश्वर गाउपालीकाका ६, नौमुले गाउपालकीकाका ५ र भगवतीमाई गाउपालीकाका ६ वटा गरी कुल ६५ बिद्यालय सिफारिसमा परेका हुन ।

चारकोठे भवन निर्माणको लागि ३६ लाख, दुई कोठेको लागि १८ लाख र आईसटी ल्यावको लागि ६ लाख ५० हजार रकम विनियोजन गरेको कार्यालय प्रमुख थापाको भनाई छ ।

दैलेखमा रहेका ११ पालीका अन्र्तरगत ठाटीकाध गाउपालीकाका दुई बिद्यालय आईसिटी, दुई चारकोठे र १ दुईकोठे भवन निर्माणका लागी छनौटमा परेका छन ।

चामुण्डा बिन्द्रासैनि नगरपालीकाका दुई चारकोठे, ३ दुई कोठे र चार बिद्यालय आईसिटी भवन निर्माणका लागी छनौटमा भएका छन ।

यस्तै डुंगेश्वर गाउपालीकाका तिन आईसिटी, १ चारकोठे र २ २ कोठे भवनका लागी छनौटमा परेका छन भने गुराँस गाउपालीकामा रहेका २ चारकोठे, दुई आईसिटी र १ दुईकोठे भवनका लागी छनौटमा परेका छन ।

नारायण नगरपालीकाका ४ आईसिटी, १ दुई कोठे र १ चारकोठे भवनका लागी छनौट भएका छन भने आठबिस नगरपालीकाका ४ दुई कोठे, १ चा कोठे र १ आईसीटी निर्माणका लागी छनौटमा परेका छन ।

यस्तै नौमुले गाउपालीकाका २ आईसिटी, २ दुईकोठे र १ चारकोठे भवनका लागी छनौट भएका छन भने भगवतीमाई गाउपालीकाका ३ आईसिटी, १ दुई कोठे, १ चारकोठे र १ गत आर्थीक बर्षको छुट त्भ्ख्त् अन्र्तरगत छनौटमा परेका छन ।

राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा भवन निर्माण तथा आईसिटी ल्याब संचालनका लागि बजेट परेपछि जीर्ण बन्दै गएका विद्यालयमा नयाँ भौतिक संरचना बन्ने मात्र नभइ ल्याबको अभावमा प्रभावित बन्दै गएका विद्यालयमा पठनपाठनमा सहजता हुने जिल्लाका सबैै स्थानीय तहका शिक्षा प्रमुखले बताएका छन् ।

भौतिक संरचना लगभग जीर्ण जस्तै रहेका विद्यालयका लागि उक्त योजना प्रयाप्त नभएपनि केही हदसम्म राहत भने अवश्य हुने शिक्षा प्रमुखहरुको भनाई छ ।

जीर्ण भवनका कारण विद्यार्थीको संख्या घटने मात्र नभइ विभिन्न किसिमको समस्या उत्पन्न गराइरहेको अवस्थामा सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई नियमित गरेमा र संकटमा परेका विद्यालय छनोटमा परेसँगै सबै कुरामा सुधार आउने शिक्षा बिकास तथा समन्वय ईकाई कार्यालय दैलेखका प्रमूख तेजबहादूर थापाले बताउनुभयो ।

शिक्षा बिकास तथा समन्वय ईकाई कार्यालय दैलेखका अनुसार हाल दैलेख जिल्लामा ३ सय ७८ वटा सामुदायीक र निजीतर्फ ५५ गरि ४ सय ३३ वटा आधारभुत बिद्यालय सञ्चालनमा रहेका छन ।

यस्तै १०१ सामुदायीक र निजीतर्फ ४ गरी १ सय ५ वटा माध्यामीक सहित जिल्लामा सन्चालनमा रहेका कुल बिद्यालयको संख्या ५३८ बिद्यालय रहेका छन ।

Next Post

कर्णाली प्रदेश सरकारले विपन्न नागरिकको घर बनाइदिने

१२ फाल्गुन २०७८, बिहीबार ०७:०७
सुर्खेत – कर्णाली प्रदेश सरकारले प्रदेशका विपन्न नागरिकको घर बनाइदिने गरी कार्यविधि स्वीकृत गरेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले विपन्न नागरिकको घर निर्माणसम्बन्धी कार्यविधि स्वीकृत गरेको हाे । सरकारले विपन्न नागरिकको घर बनाउन पाँच करोड रुपैयाँ बजेट समेत छुट्याएको छ । पाँच करोडमा झण्डै एक सय घर निर्माण गर्ने लक्ष्य लिइएको कर्णाली प्रदेश […]