एसईई आजदेखि, देशभर पाँच लाख १५ हजार, दैलेखमा साढे पाँच हजार परिक्षार्थी सहभागी हुदै

कर्णालीदृष्टी संवाददाता ९ बैशाख २०७९, शुक्रबार ०७:३३

दैलेख । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ आज (शुक्रबार) बाट सुरु हुँदैछ । यो वर्ष एसईईमा पाँच लाख १४ हजार ९७७ विद्यार्थी सहभागी हुँदैछन् ।

कुल परीक्षार्थीमध्ये छात्राको संख्या दुई लाख ५७ हजार ९२४ छ भने छात्र दुई लाख ५७ हजार ५३ रहेका छन ।  राष्ट्रिय परीक्षा बोर्डका अनुसार पहिलो दिन आज अंग्रेजीको परीक्षा हुँदैछ । वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य वा अंग्रेजीको परीक्षा हुँदैछ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । एसईई वैशाख २० गते सकिने छ । नियमित तालिकाअनुसार चैतमा एसईई हुनुपर्ने थियो । कोरोना संक्रमणका कारण पठनपाठनमा असर पुगेपछि चैतमा कक्षा सञ्चालन गरेर वैशाखमा परीक्षा गरिएको हो ।

दैलेखमा पाँच हजार पाँच सय ८२ परिक्षार्थी सहभागी हुदै ।।

शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय दैलेखका प्रमुख तेज बहादूर प्रमुख थापाका अनुसार दैलेखमा यस बर्षको एसइई परीक्षार्थी दैलेखमा कुल पाँच हजार ५ सय ८२ जना परिक्षार्थी सहभागी हुदैछन । जस अन्र्तरगत नियमित समुहतर्फ छात्र दुई हजार पाँच सय २० र छात्रा दुई हजार सात सय ९६ गरि कुल पाँच हजार ३ सय १६ जना परिक्षार्थी सहभागी हुदैछन ।

यस्तै ग्रेडबृद्धीतर्फ १ सय ५८ छात्र र १ सय ८ छात्रा गरि दुई सय ६६ परिक्षार्थी गरि कुल २ सय ६६ परिक्षार्थी सहभागी हुदै छन । जसअनुसार जिल्लामा नियमित तर्फ ५ हजार ३ सय १६ र ग्रेडबृद्धीतर्फ २ सय ६६ गरी कुल पाँच हजार पाँच सय ८२ जना छात्र छात्राले परिक्षामा सहभागीता जनाउन लागेका हुन ।

शिक्षा बिकास तथा समन्वय ईकाई कार्यालय दैलेखले दिएको जानकारी अनुसार दैलेखमा छात्रभन्दा छात्रा २ सय २६ जनाकोे संख्यामा बढी रहेका छन । त्यसैगरी जिल्लाभरी कुल २४ वटा परीक्षा केन्द्रहरु तोकिएको छ ।

यस्तै जिल्लामा प्राबिधीक धारतर्फ चारवटा बिद्यालय रहेको र उक्त बिद्यालयका परिक्षार्थीहरुलाई पनि नियमित समुह तर्फका बिद्यार्थीहरुमा नै समाबेश गरिएको कार्यालय प्रमुख थापाले बताउनुभयो ।

दैलेखका ११ पालीकामध्ये सबैजसो पालीकामा परिक्षा केन्द्रहरु तोकिएको छ । जिल्लाको नारायण नगरपालीकामा त्रिभुवन नमुना मावी नँयाबजार दैलेख, सरस्वती मावी तर्ताङ्ग, बसन्त मावी किमुगाँउ, रेडक्रस मावी भुर्ती र फुलबारी बिद्यामन्दीर काडाचौर दैलेख गरि पाँच परिक्षा केन्द्र रहेका छन ।

आठबिस नगरपालीमा कालीका मावी तिलेपाटा, जनज्योती मावी राकमकर्णाली (क), जनज्योती मावी राकमकर्णाली (ख) गरि तिनवटा परिक्षा केन्द्र रहेका छन । भने ठाटीकाँध गाउपालीकामा कृष्ण मावी लकान्द्रमा परिक्षा केन्द्र तोकिएको छ ।

यस्तै चामुण्डा बिन्द्रासैनि नगरपालीकामा जयदेव मावी जम्भुकाँध, चामुण्डा मावी हाडाकोट र भैरव मावी डौसुर गरि तिन स्थानमा परिक्षा केन्द्र तोकिएको छ भने दुल्लु नगरपालीकामा बिजया मावी दुल्लु, नेरा मावी किर्तीखम्ब, सरस्वती मावी विनायक, धुलेश्वर मावी चगत्रामा परिक्षा केन्द्र तोकिएको छ ।

भैरवी गाउपालीकामा हिमालय मावी डाडीमाडीमा परिक्षा केन्द्र तोकिएको छ भने महावू गाउपालीकामा गैडाबाज मावी काँडासिरौलामा केन्द्र तोकिएको छ ।

डुङ्गेश्वर गाउपालीकामा त्रिवेणाी संगम मावी चुप्रा र सिता जनसहयोग मावी अवलपराजूलमा परिक्षा केन्द्र ताकिएको छ भने नौमुले गाउपालीकामा भैरव मावी नौमुलेमा परिक्षा केन्द्र तोकिएको छ ।

यसैगरी भगवतीमाई गाउपालीकामा ज्वाला मावी बेस्तडामा परिक्षा केन्द्र तोकिएको छ । गुराँस गाउपालीकामा लक्ष्मी मावी रतीखोला र जय जनता मावी जोरेबाझमा परिक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय दैलेखले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयको निति र मापदण्ड अनुसार रहेर जिल्ला परीक्षा समन्वय समितिले परिक्षा केन्द्रहरु तोकिएको र परिक्षालाई मर्यादीत र व्यवस्थित रुपमा सम्पन्न गर्नका लागी सम्पुर्ण तयारी पुरा भएको शिक्षा बिकास तथा समन्वय ईकाई कार्यालय दैलेखले जनाएको छ । परिक्षर्थीका लागी उत्तरपुस्तीका र प्रश्नपत्र सम्बन्धीत केन्द्रहरुमा पुगीसकेको कार्यालय प्रमुख थापाले बताउनुभयो ।

Next Post

कृर्षी क्षेत्रको पर्वद्धनका लागी सबैले चासो दिनुपर्छ

९ बैशाख २०७९, शुक्रबार ०७:३३
दैलेख । कृर्षी क्षेत्रको पर्वद्धनका लागी सबै क्षेत्रका व्यक्तीत्वहरुले चासो दिएर काम गर्नुपर्नेमा दैलेखका सरोकारवालाहरुले जोड दिएका छन । बिहीबार दैलेख सदरमुकामको नारायण नगरपालीका कृर्षी बिकास शाखामा आयोजित एक छलफल तथा अन्र्तरक्रिया कार्यक्रमका सहभागीहरुले कृर्षी क्षेत्रको उचित पर्वद्धन हुन नसकेको भन्दै त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताएका हुन । कार्यक्रममा नारायण […]