एमसीसीविरुद्धको आन्दोलन चर्किँदै गएपछि सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा कर्फ्यु

कर्णालीदृष्टी संवाददाता १७ फाल्गुन २०७८, मंगलवार ०७:१८

सुर्खेत । एमसीसीविरुद्धको आन्दोलन चर्किँदै गएपछि सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा कर्फ्यु लागेको छ ।

प्रदर्शन उग्र हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज सोमवार सवा ८ बजेदेखि मङ्गलवार बेलुका ७ बजेसम्मका लागि कर्फ्यु लगाएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले  जानकारी दिनुभयो ।

उहाँले वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको पाँच सय मिटर क्षेत्रसम्म कर्फ्यु लगाएका जानकारी दिनुभयो ।

आन्दोलनकारीले सोमबार विभिन्न दलका पार्टी कार्यालयमा आगजनी गरेका छन्, अवस्था तनावपूर्ण रहेको छ ।

Next Post

बलात्कार आरोपित एमाले सांसद बानियाँ पक्राउ

१७ फाल्गुन २०७८, मंगलवार ०७:१८
काठमाडौँ । बलात्कार आरोपित नेकपा एमालेका सांसद मोहन बानियाँ पक्राउ परेका छन् । सांसद बानियाँलाई सोमबार साँझ नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरेको जिल्ला प्रह्री कार्यालय बाँकले जनाएको छ । सांसद बानियाँमाथि जुम्लाकी एक ४० वर्षीया शिक्षिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बाँके प्रहरी कार्यालयमा गत माघ २७ गते उजुरी दर्ता भएको थियो […]

सम्बन्धित समाचार