सुर्खेतमा युवक मृत्युको घटनामा असई विरुद्ध किटानी जाहेरी

कर्णालीदृष्टी संवाददाता २२ फाल्गुन २०७८, आईतवार १८:४७

सुर्खेत । कालीकोटका व्यवसायी कृष्ण हमाल (मिनी) को सुर्खेतमा शंकास्पद मृत्यु भएपछि मृतकका परिवारले प्रहरी सहायक निरीक्षक (असई) शेरसिंह धामीविरुद्ध किटानी जाहेरी दिएका छन् ।

कालीकोट, तिलागुफा नगरपालिका–३ का ५४ वर्षीय मृतकका बुवा हिराचन्द्र हमालले आइतबार असई धामीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कर्तव्य ज्यानसम्बन्धी कसूरमा जाहेरी दर्ता दिएका हुन् ।

प्रहरी चौकी सुब्बाकुनाका इञ्चार्ज रहेका सिंहले हमाल सवार ट्रकलाई नियन्त्रणमा लिई मरणासन्न हुने गरी कुटपिट गरेको परिवारको आरोप छ ।

प्रहरीले सवारी इजाजतपत्र नभएको भन्दै भे१क ९२२ को मिनी ट्रकका सहचालक तिलक शाही र व्यवसायी हमाललाई निर्घात कुटपिट गरेको जाहेरीमा उल्लेख छ ।

‘शरीरका विभिन्न संवेदनशिल भागहरुमा चोटपटक लागेका कारणबाट मृत्यु भएकाले निज अन्यायीलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ को दफा ७७ बमोजिम ज्यानसम्बन्धी कसूर अपराध गरेकाले तत्काल पक्राउ गरी कानूनबमोजिम हदैसम्मको सजाय गरी पाउनुको साथै क्षतिपूर्तिसमेत दिलाइ पाउँ,’ जाहेरीमा भनिएको छ ।

व्यवसायी हमालको मृत्युको विषयलाई लिएर शनिबार वीरेन्द्रनगरमा तनाव सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्ति, राष्ट्रिय अनुसन्धान सुर्खेतका कार्यालयका अनुसन्धान अधिकृत गोपाल थापा र उच्च अदालत बार एसोसियन सुर्खतका अध्यक्ष उत्तमप्रसाद शर्मा समिति गठन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी पदम विष्टले मृतकका परिवारलाई उचित राहतको व्यवस्थाको पहल गर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन म्याद दिएको बताउनुभयो ।

निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रशासन र मृतकका आफन्तबीचको सहमतिपछि पीडित पक्षले आन्दोलन स्थगित गरेको छ ।

Next Post

महामारी मत्थर भएपछि रारामा बढ्न थाले पर्यटक

२२ फाल्गुन २०७८, आईतवार १८:४७
मुगु — पर्यटकीय गन्तव्य रारामा आन्तरिक पर्यटकहरू आउने क्रम बढ्न थालेको छ । फागुन महिनाको सुरुआतसँगै रारामा आन्तरिक पर्यटकहरूको चहलपहल बढेको हो । कोरोना महामारीले सुनसान बन्दै गएको रारा महामारी मत्थर बन्दै गएपछि रारा घुम्ने पर्यटकको संख्या पनि बढ्न थालेको रारा राष्टिय निकुञ्जको कार्यालयले जनाएको छ । केही सातादेखि दैनिक […]

सम्बन्धित समाचार