देश जोगाउने पार्टी भनेकै माओवादी हो : प्रचण्ड

कर्णालीदृष्टी संवाददाता २८ फाल्गुन २०७८, शनिबार ०७:४३

सुर्खेत – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई अपठ्यारो पर्दा जोगाउने र दिशा निर्देश गर्ने पार्टी भनेकै नेकपा माओवादी केन्द्र भएको बताउनुभएको छ ।

कर्णाली प्रदेशको सुर्खेतमा शुक्रबार आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले बेला–बेला परिवर्तनका मुद्दा उल्टाउने र फेरि पुरानै ठाउँमा लिएर देशलाई डुबाउन खोज्नेविरुद्ध माओवादी सचेत भएको बताउनुभयो ।

उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति टिप्पणी गर्दै ओली प्रवृत्तिविरुद्ध आफ्नो लडाइँ रहेको बताउनुभयो । हामीले सबै स्वार्थ त्याग गर्न तयार भएर नै वर्तमान अवस्थामा सफलता हासिल भएको उहाँको भनाइ थियो । उहाँले आउँदो चुनावमा ढुक्क भएर लाग्न आग्रह गर्नुभयो ।

‘कर्णाली भनेको माओवादीको आधार इलाका हो’, प्रचण्डले भन्नुभयो, ‘तपाईँहरू आउँदो चुनावमा पहिलो शक्तिका रूपमा स्थापित हुने गरेर मैदानमा होमिनुस् ।’ उहाँले एमसीसीको विषयमा माओवादीले देशलाई ठूलो दुर्घटनाबाट बचाएको बताउनुभयो ।

Next Post

सांसद ठम्मर बिष्टद्धारा माओवादी पार्टी र सांसद पदबाट राजीनामाको घोषणा

२८ फाल्गुन २०७८, शनिबार ०७:४३
सुर्खेत । नेकपा (माओवादी केन्द) बाट कर्णाली प्रदेश सभा सदस्य समेत रहेका ठम्मर विष्टले सांसद पद सहित पार्टीबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । शुक्रबार पार्टीका अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड) सुर्खेत आएकै दिन सांसद विष्टले पार्टी छोडेको घोषणा गर्नुभएको हो । कर्णाली प्रदेश सभामा माओवादी केन्द्रका प्रमुख संचेतक समेत रहेका विष्टले […]

सम्बन्धित समाचार