सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको पदाधिकारी चयन भएको छ । शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी प्रशिक्षण तथा अभिमुखीकरण भेलाले पदाधिकारीको टुङ्गो लगाएको हो ।
गत मंसिर २१ मा प्रदेश अधिवेशनको पहिलो बैठकबाट अध्यक्षमा विमला केसीलाई चयन गरेको भएपनि अन्य पदाधिकारीको टुङ्गो लाग्न सकेको थिएन ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य झकबहादुर मल्ल (सुदीप)का अनुसार उपाध्यक्षमा कर्णबहादुर बुढाथोकी (सल्यान), ढकवीर राना (जाजरकोट), कृष्ण जिसी (सुर्खेत), सचिवमा धनजित शाही (कालिकोट)लाई सर्वसम्मत चयन गरिएको छ ।
यस्तै सह–सचिव वीरबहादुर कुवँर (जुम्ला), लालकेश जैसी (हुम्ला),विर्खबहादुर थापा (मुगु), कोषाध्यक्ष मालबहादुर रोका (डोल्पा) लाई जिम्मेवारी प्रदान गरिएको छ ।