भीम उपाध्यायले गरे इन्जिनियर तथा प्राविधिकमा विशेषअपिल ।

कर्णाली दृष्टि संवाददाता, १५ कार्तिक २०७७, शनिबार १८:३३

नेपाल सरकारका पूर्वसचिव ई. भीम उपाध्यायले इन्जिनियर तथा प्राविधिकहरुमा विशेष अपिल गरेका छन् । नेपालमा करिब १ लाख प्राविधिक तथा इन्जिनियर रहेको बताउँदै उनले सबैलाई सहयोगका लागि आग्रह गरेका हुन् ।

सामाजिक संजालमा उनले लेखेका छन्, ‘इन्जिनियरहरु कुनै न कुनै रोजगारीमा हुन्छन्, यिनले प्रतिब्यक्ती आफ्नो आम्दानीबाट १–२ हजारका दरले मात्र पनि महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई नियमित दान दिने हो भने अर्को वर्ष करोडौँ रकम संकलन हुने र यस्तो रकमबाट नेपालका होनहार युवाहरु आफ्नो रुचीका विषयमा आविष्कार केन्द्रमा गएर आफ्नो इनोभेसन कार्यमा दत्तचित्त भई लाग्न सक्थे ।’

साथै, उनले युवाहरुलाई आफू र मुलुक धनी बनाउने यो एक असल अवसर र पाइलासमेत हुनसक्ने बताएका छन् । उनले अगाडि भनेका छन्, ‘यो सम्भव र सजिलै हुनसक्छ । अलिकति सबैले आ–आफ्नो मनभित्र यसो चियाउनुमात्रको बिलम्ब हो ।’
पछिल्लो समय उपाध्याय आविष्कार केन्द्रका लागि सहयोग जुटाउने अभियानमा लागेका छन् ।

 

Next Post

आफ्नो तलवबाट मासिक ५ हजार राष्ट्रिय आविष्कार केन्द्रलाई दिने गुरुङको घोषणा ।

१५ कार्तिक २०७७, शनिबार १८:३३
सामाजिक अभियान्ता एवम्  समाजसेवी ईशा गुरुङ्गले आफ्नो तलबबाट मासिक ५ हजार राष्ट्रिय अविस्कार केन्द्रलाई सहयाेग गर्ने भएकी छन्। कास्की घर भइ बेलायतमा बस्दै आएकी गुरुङ्गले महिनाको ५ हजार तलब महाबीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गर्ने घोषणा गरेकी हुन् । उनले उक्त सहयोग आफूले सक्ने बेलासम्म केन्द्रलाई सहयोग गर्ने समेत […]