सुर्खेत । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारबाट गए पनि जनताको मनबाट नगएको बताउनुभएको छ ।
एमाले कर्णाली प्रदेश कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाले एमाले जनताको मनमनमा रहेको बताउनुभएको हो ।
‘एमाले सरकारबाट मात्रै गएको हो । जनताको मनबाट गएको छैन् उहाले भन्नुभयो । जनताको मनमनमा एमाले छ । अहिले हामी प्रतिपक्ष छौँ । आगामी निर्वाचनमा अझै शक्तिशाली भएर आउने छौँ ।’
उहाले २०७४ सालको निर्वाचन भन्दा आगामी निर्वाचनमा एमालेले अझै राम्र स्थान ल्याउने बताउदै राष्ट्रिय राजनीतिलाई फोहोरी बनाउन खोजिएको भन्दै सफा गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।