प्रजनन स्वास्थ्यमा बालविवाह तथा श्रम उन्मुलन सम्बन्धी १ दिने अभिमुखीकरण सम्पन्न

कर्णालीदृष्टी संवाददाता ९ चैत्र २०७८, बुधबार १७:३८

दैलेख । दैलेखको नौमुले गाउपालीका वडा नम्बर ६ स्थित शिवशक्ती मँध्यामिक बिद्यालयमा “प्रजनन स्वास्थ्यमा बालविवाह तथा श्रम उन्मुलन” सम्बन्धी १ दिने अभिमुखीकरण तालीम सम्पन्न भएको छ ।

नौमुले गाउपालीका अन्र्तरगत महिला बिकास शाखाको आयोजनामा उक्त १ दिने अभिमुखीकरण तालीम सम्पन्न भएको बताईएको छ ।

शिवशक्ती माध्यामिक बिद्यालयमा कक्षा ९ र १० मा अध्यनरत ६३ जना किशोर किशोरीहरुको सहभागीतामा अभिमुखीकरण तालीम सम्पन्न गरिएको हो ।

बिद्यालयका शिक्षक नरेन्द्र शाहीको अध्यक्षतामा भएको उक्त अभिमुखीकरण तालीममा नौमुले गाउपालीकाका नायव सुब्वा कृष्ण ढकालले प्रजनन स्वास्थ्य र बालविवाह तथा श्रम उन्मुलन सम्बन्धी बिभीन्न शिर्षकमा किशोर–किशोरीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

यस्तै उक्त अभिमुखीकरण तालीममा महिला हिंसा रोकथाम तथा बालवालीकाका हित सम्बन्धी जनचेतना मुलक सन्देश पनि प्रदान गरिएको थियो ।

Next Post

दाङमा लागू औषधसहित तीन जना पक्राउ

९ चैत्र २०७८, बुधबार १७:३८
दाङ । प्रहरीले १ ग्राम ५१० मिलिग्राम लागूऔषध खैरो हिरोइनसहित घोराहीमा तीन जनालाई पक्राउ गरेको छ । मंगलबार बेलुका घोराही उपमहानगरपालिका १५ जिल्ला अदालत नजिक रहेको पार्वती नास्ता पसलमा बसिरहेका तीन जनालाई शंकाको आधारमा जाँच गर्ने क्रममा उनीहरूको साथबाट लागूऔषध फेला परेपछि प्रहरीले पक्राउ गरेको हो । घोराही उपमहानगरपालिका १५ […]

सम्बन्धित समाचार