दाङमा लागू औषधसहित तीन जना पक्राउ

कर्णालीदृष्टी संवाददाता १० चैत्र २०७८, बिहीबार १८:३७

दाङ । प्रहरीले १ ग्राम ५१० मिलिग्राम लागूऔषध खैरो हिरोइनसहित घोराहीमा तीन जनालाई पक्राउ गरेको छ । मंगलबार बेलुका घोराही उपमहानगरपालिका १५ जिल्ला अदालत नजिक रहेको पार्वती नास्ता पसलमा बसिरहेका तीन जनालाई शंकाको आधारमा जाँच गर्ने क्रममा उनीहरूको साथबाट लागूऔषध फेला परेपछि प्रहरीले पक्राउ गरेको हो ।

घोराही उपमहानगरपालिका १५ काठेकोल निवासी २८ वर्षीय विक्रम चौधरी, वडा नं. १७ निवासी २५ वर्षीय सुनिल विक र वडा नं. १४ निवासी २१ वर्षीय सुशील ऐरी पक्राउ परेका हुन् ।

लागूऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई शंकाको आधारमा जाँच गर्ने क्रममा उनीहरूको साथबाट लागूऔषध फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताउनुभयो । उनीहरूविरुद्ध लागूऔषध कारोबार कसुरमा अनुसन्धान भइरहेको उहाले बताउनुभयो ।

Next Post

खाद्य कम्पनीको जग्गा ओगटेका टहरा हटाइयो

१० चैत्र २०७८, बिहीबार १८:३७
मुगु । मुगुको गमगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जग्गा ओगटेर स्थानीयले व्यापार प्रयोजनका लागि बनाएका काठका अस्थायी टहरा हटाइएको छ । गत पुस १ गत सर्वदलीय बैठकले कम्पनीको माथिपट्टि जग्गा ओगटेर स्थानीयले व्यापार प्रयोजनको निम्ती बनाएका २३ वटा काठका टहरा जनपथ प्रहरी सशस्त्र प्रहरी र नगर प्रहरीले हटाएका छन् […]