गुडिरहेको बसमा आगलागी

कर्णालीदृष्टी संवाददाता १२ चैत्र २०७८, शनिबार ०७:५७

सुर्खेत । कालीकोटबाट काठमाडौंका लागि छुटेको छुटेको ना ८ ख २३५६ नंको बसमा आगलागी हुँदा पूर्ण रुपले नष्ट भएको छ । बस शुक्रबार बिहान ७ः३० बजे कालीकोटको जिते बजारबाट छुटेको थियो ।

कालीकोटदेखि सुर्खेत–नेपालगन्ज हुँदै काठमाडौंका लागि जाँदै गरेका बस गुडिरहेको अवस्थमा बराहताल गाउँपालिका–८ सुर्खेत ओदाल तालस्थित दिउँसो ३ः४५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

तार सट भएर आगलागी हुँदा बस पूर्ण रूपले नष्ट भएको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो । ’जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी टोली बस जलेको सूचना पाउने बित्तिकै वीरेन्द्रनगर नगरपालिकाको दमकल लिएर त्यहाँ पुगेको थियो’, उहाले भन्नुभयोे, ’दमकलले आगो निभाए पनि बस पूर्णरुपले जलेको छ ।’

आगलागी भएलगत्तै बसमा सवार यात्रु झरेपछि मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो ।

Next Post

भिरबाट खसेको ढुङ्गाले लागेर कालिकोटमा एक जनाको मृत्यु

१२ चैत्र २०७८, शनिबार ०७:५७
कालीकोट । भिरबाट खसेको ढुङ्गाले लागेर कालिकोटमा एक जनाको मृत्यु भएको छ । शुक्रवार खाँडाचक्र नगरपालिका–२ छहरा बजारको एक होटलमा बसी रहेको अवस्थामा भिरबाट खसेको ढङ्गा लागेर ३६ वर्षिया ओविराम थापाको मृत्यु भएको हो । थापाको टाउकोमा गम्भिर चोट लागेपछि जिल्ला अस्पताल मान्मामा उपचारका लागि लगिएको थियो । थापाको उपचारको […]