भिरबाट खसेको ढुङ्गाले लागेर कालिकोटमा एक जनाको मृत्यु

कर्णालीदृष्टी संवाददाता १२ चैत्र २०७८, शनिबार ०७:५९

कालीकोट । भिरबाट खसेको ढुङ्गाले लागेर कालिकोटमा एक जनाको मृत्यु भएको छ । शुक्रवार खाँडाचक्र नगरपालिका–२ छहरा बजारको एक होटलमा बसी रहेको अवस्थामा भिरबाट खसेको ढङ्गा लागेर ३६ वर्षिया ओविराम थापाको मृत्यु भएको हो ।

थापाको टाउकोमा गम्भिर चोट लागेपछि जिल्ला अस्पताल मान्मामा उपचारका लागि लगिएको थियो । थापाको उपचारको क्रममा जिल्ला अस्पतालमा मान्ममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Next Post

जाजरकोटका तीन ठाउँमा सौर्य मिनिग्रेट स्थापना गरिदै

१२ चैत्र २०७८, शनिबार ०७:५९
जाजरकोट । विद्युत प्रसारण लाईन नपुगेका ग्रामिण वस्तीहरुमा तत्काल विद्युतीकरणका पु¥याउने उद्देश्यले जाजरकोटका तीन ठाउँमा सौर्य मिनिग्रेट स्थापना गर्न लागिएको छ । वैकल्पिक उर्जा प्रवद्धन केन्द्रको ९० प्रतिशत र बाँकी १० प्रतिशत प्रदेश सरकार र स्थानीयले साझेदारीमा सौर्य मिनिग्रेट स्थापना गर्न लागिएको हो । जिल्लाको जुनीचाँदे गाउँपालिका–७, मा जुनी सौर्य […]