रुकुममा विद्युत् आयोजना निर्माणका लागि हेलिकप्टरमार्फत सामान ढुवानी

कर्णालीदृष्टी संवाददाता २६ कार्तिक २०७८, शुक्रबार १७:२७

रुकुम । विद्युत् आयोजना निर्माणका लागि रुकुम पूर्वको सिस्ने गाउँपालिकामा हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ । सडक सुविधा नभएर पैदल मार्गबाट सामान ढुवानी हुन नसक्दा महँगो हवाई ढुवानी गरेर सामान हेलिकप्टरबाट ओसारिएको हो ।

बिहिवार गाउँपालिका–१ मा निर्माणाधीन अवस्थामा रहेको पाखा ओराली लघु जलविद्युत् आयोजनाको लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ । सिस्ने गाउँपालिका–१ ओख्रेनामा गाउँपालिकाको पहलमा ४६ किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन छ ।

आयोजना निर्माणको जिम्मा गोक्यो इन्जिनियरिङ कम्पनी लिमिटेड पाल्पाले लिएको छ । कम्पनीले २०७७ साल फागुनमा सिस्ने–२ का दीपक बीसीलाई आयोजना निर्माणको जिम्मा दिएको थियो । बीसीले अबको डेढ महिनाभित्र विद्युत् आयोजना निर्माण सम्पन्न हुने बताउनुभयो ।

Next Post

कर्णालीका नवनियुक्त प्रदेश प्रमुख परियारको स्वागत

२६ कार्तिक २०७८, शुक्रबार १७:२७
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियारलाई प्रदेश प्रमुखको कार्यालयमा स्वागत गरिएको छ । उनलाई मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाहीले औपचारिक रुपमा स्वागत गरेका हुन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ लिएका उनी शुक्रबार सुर्खेत आईपुगेका हुन् । २३ कार्तिकमा नेपाल […]