हजार दिनका आमाहरूलाई पोषण सामग्री र एक दिने अभिमुखिकरण कार्यक्रम

कर्णाली दृष्टि संवाददाता ११ फाल्गुन २०७९, बिहीबार १७:१०

दैलेख : महाबु गाउँपालिकामा सुनौला हजार दिनका आमाहरूलाई पोषण सामाग्री सहित, एक दिने, अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

बिहिवार महाबु गाउँपालिका वडा नं. ३ बासिमा “सबैका लागी पोषण, सधैका लागि पोषण” भन्ने मुल नाराका साथ सुनौला “हजार” दिनका आमाहरूलाई पोषण सामाग्री हाते झोला,र सुनौला हजार दिनका आमाहरूलाई सुरक्षीत खानेपानी जुठ्यान निर्माण, फोहोर पानी संकलन फोहोर ब्यबस्थापन, पोषण तथा सरसफाइ सम्बन्धि ‘एक दिने, अभिमुखिकरण कार्यक्रम भएको थियो ।, उक्त कार्यक्रममा वडा अध्यक्ष कृष्ण कुमार दाहालले गर्भ अवस्थामा खानपानमा ध्यान दिनु महिलाको मुख्य भुमिका हो।, यदि हामीले खानालाई ध्यान दियनौ भने हाम्रा बालबालिका हरु कुपोषण हुन्छन्, भनेका थिए ।

‘यस्तै कृषि शाखा प्रमुख बलबहादुर बिष्टले कृषीमा आधारित रहन र कृषीजन्य फलफूल पोसिलो खाना आफू र बच्चालाई खुवाउने बताए ।, साथै खानेपानी तथा सरसफाइ शाखा प्रमुख दिपक कुमार बिष्टले खानेपानी लाई सुधार गरेर खुवाउने र पोषणयुक्त खाना खुवाउनु अभिभावकको ठूलो भुमिका हो ।, र यस्तै जुठ्यान सफा राख्नु र गर्भ अबस्था भएको बेला पोषण युक्त खाना सफा पानी स्थानीय स्तरमा उब्जेका हरियो सागपात, फलफूल खानु पर्ने बताएका छन्,।

कार्यक्रममा रोजगार सेवा केन्द्र शाखा प्रमुख कृष्ण बहादुर थापाले गर्भ अवस्था वा प्रजनन अवस्थामा के कसरी निर्धारण गर्ने ।, नेपाल सरकारले धेरै महिलाको लागी नियम, कानुन, बनाएको छ । महिलामा हुने घरेलु हिंसा डर, तरास, गराई गर्भ पतन, जबर्जस्ती लिंग पहिचान अथवा भुण पहिचान गराएर यस्ता गर्भ पतन गराएपछि फौजदारी अभियोग लाग्छ। भनेजस्तै कानुनको बिषयमा प्रष्ट पारेका थिए । त्यस्तै बासी स्वास्थ्य चौकी प्रमुख प्रेमबहादुर बिष्ट र पशु सेवा शाखा प्राबिधिक हिम प्रसाद जैसिले आफ्नो भनाइ राखेका थिए ।

महाबु गाउँपालिका लाई पोषण मत्री वडा, मुक्त बनाउने उदेश्यले यो कार्यक्रम संचालन भएको हो।, महाबु गाउँपालिका बहुक्षेत्रीय पोषण आयोजनामा गाउँपालिकाभरी करिब १३५० सुनौला हजार दिनका आमाहरुलाई यो कार्यक्रम गरिएको र विपन्न परिवारका सुनौला हजार दिनका ७५ जना आमाहरूलाई यो पोषण प्याकेज कार्यक्रम लागु गरिएको पोषण शाखा संयोजक डिलकुमारी रोकायले जानकारी दिईन् ।

Next Post

६४ दिनमै सरकारबाट बाहिरियो एमाले, पुस १० को गठबन्धन ‘छिन्नभिन्न’

११ फाल्गुन २०७९, बिहीबार १७:१०
काठमाडौं : संसद्को दोस्रो ठूलो दल नेकपा एमाले ६४औं दिनमा सरकारबाट बाहिरिएको छ । सोमबार बिहान च्यासलमा बसेको पार्टी सचिवालय बैठकले एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो । त्यस्तै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय पनि गरेको छ । गएको पुस १० गते एमालेसहित […]

सम्बन्धित समाचार