दैलेखको भगवतीमाई गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

कर्णालीदृष्टी संवाददाता ३ जेष्ठ २०७९, मंगलवार ०८:१७

दैलेख । दैलेखको भगवतीमाई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेशबहादूर थापा बिजयी हुनुभएको छ ।

थापा २ हजार ८ सय ४६ मत प्राप्त गर्दै गाउपालिका अध्यक्षमा विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दशरथ खड्काले २ हजार २ सय ३ मत ल्याउँदा र नेकपा एमालेका शान्तिप्रसाद शर्माले १ हजार ९ सय ३४ मत प्राप्त गर्नुभएको थियो ।

गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी मिनाकुमारी खड्का विजयी हुनुभएको छ । उहाँले २ हजार ६ सय ८३ मत प्राप्त गर्दै उपाध्यक्षमा बिजयी हुदा प्रत्यासी नेकपा माओवादी केन्द्रकी मनिषा सोनी विकले २ हजार २ सय ४७ र नेकपा एमालेकी बसन्ता शाहीले १ हजार ९ सय २२ मत प्राप्त गर्नुभएको थियो ।

Next Post

ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले निर्वाचित

३ जेष्ठ २०७९, मंगलवार ०८:१७
दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रक्ष बहादूर शाह विजयी हुनुभएको छ । शाह २ हजार ५७१ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँले नेकपा एमालेकी लक्ष्मीदेवी शाहलाई २९२ मतान्तरले पराजित गर्नुभयो । लक्ष्मीले २ हजार २७९ मत प्राप्त गर्नुभएको थियो । यस्तै गाउपालिकाको […]