अध्यक्ष म छु, तपाईंहरू किन चिन्ता गर्नुहुन्छ?: प्रधानमन्त्री वलि ।

कर्णाली दृष्टि संवाददाता २७ कार्तिक २०७७, बिहीबार ०८:४९

काठमाडौ । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रका समस्याबारे चिन्ता नलिन आग्रह गरेका छन्।

 

आफू अध्यक्ष रहेको भन्दै उनले समस्या हल गरेर जाने बताए।

उनले यो प्रसंग निकाल्दै बुधबार संखुवासभामा प्रधानमन्त्री ओलीले भने, ‘पार्टीभित्रका समस्याहरू, म अध्यक्ष छु तपाईंहरू किन चिन्ता गर्नुहुन्छ?’

उनले पार्टी यत्तिको बनाउन धेरै समयदेखि दु:ख गरिएको पनि बताएका थिए।

‘यो पार्टी यत्तिकै बनेको होइन। ५० वर्षअगाडि जुँगामा भर्खंर रेखी बस्दै थियो अहिले टन्न फुलेको देख्नुहुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसबेलादेखि टुटेफुटेको पार्टी मिलाउँदै यहाँ पुर्‍याएको हुँ। नजिकै आएर नभेटेकाले कुरा नबूझेकाले अहिले पनि गाली गर्छन्।’

प्रधानमन्त्री ओली अरूण तेस्रो जलविद्युत आयोजना, किमाथाङ्का नाकालगायतको स्थलगत अनुगमनमा गएका थिए।
उनले आफू रहरले प्रधानमन्त्री नभएको पनि बताए।

‘जनताले आवश्यकता ठानेर प्रधानमन्त्री बनाएको हो। कोही कसैले राजीनामा माग्नु व्यर्थ हो,’ प्रधानमन्त्री ओलीले भने।

केही समयअगाडि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पद मागेको भन्ने खबर बाहिरिएको थियो। त्यसअघि स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्नुपर्ने आवाज उठेको थियो।ती मागप्रति लक्षित गर्दै प्रधानमन्त्रीले आफ्नो राजीनामा माग्नु व्यर्थ हुने जवाफ दिएका छन्।,प्रधानमन्त्रीले सरकार र पार्टी नेतृत्व परिवर्तन नहुने पनि बताए।

‘बिहानै उठ्यो सरकार परिवर्तनका कुरा तपाईंहरू रेडियोबाट सुन्नुहुन्छ। पार्टीको नेतृत्व परिवर्तनको कुरा सुन्नुहुन्छ। अहिले सरकार गयो। भरै सरकार गयो। प्रधानमन्त्री फाइल बोकेर राष्ट्रपतिकहाँ कुद्दै थियो। राजीनामा दिन गयो।

यस्ता कुराहरू पनि सुन्नुहुन्छ,’ उनले भने, ‘मैले धेरै ठाउँमा भन्ने गरेको छु म रहरले प्रधानमन्त्री भएको होइन। जनताले आवश्वश्यकता देखेर बुझेर जनताको भोट र मायाबाट म प्रधानमन्त्री भएको हुँ।’

 

Next Post

अमेरिकी प्रतिबन्ध विरुद्ध टिकटकले सुरु गर्यो कानूनी लडाइँ

२७ कार्तिक २०७७, बिहीबार ०८:४९
काठमाडौं । चिनियाँ भिडियो शेयरिङ एप टिकटकले अमेरिकी सरकारविरुद्ध कानूनी लडाइँ सुरु गरेको छ । आज अर्थात् नोभेम्बर १२ देखि टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको निर्णयविरुद्ध टिकटकले कानूनी संघर्ष सुरु गरेको हो । अमेरिकामा आफ्नो व्यवसायिक अधिकारका साथै १५ सयभन्दा धेरै कर्मचारीहरुको रोजगारीको सुरुक्षाको माग गर्दै टिकटकले अमेरिकी पुनरावेदन अदालतमा […]

सम्बन्धित समाचार