सिरहामा १० वर्षीय बालको शव पोखरीमा भेटियो

कर्णाली दृष्टि संवाददाता २१ चैत्र २०८०, बुधबार १०:५०

जनकपुरधाम । सिरहाको औरही गाउँपालिका ४ खजनपुरस्थित पोखरीमा डुबेको अवस्थामा १० वर्षीय बालको शव फेला परेका छन् ।

आज बिहान बद्री यादवका १० वर्षीय छोरा सचिन कुमार यादव पोखरीमा मृत फेला परेका हुन् । गन्हाएपछि स्थानीयले पोखरीमा खोजी गर्दा बालक सचिन मृत फेला परेको स्थानीय सन्तोष यादवले जानकारी दिए ।

उनका अनुसार सचिन तीन दिनदेखि बेपत्ता थिए । आफन्तले सामाजिक सञ्जालमा समेत बालक हराएको सूचना राखेका थिए । तर आज पोखरीमा मृत भेटिएका हुन् ।

मृतक बालकको शव पोस्टमार्टमका लागि प्रहरीले सिरहा प्रादेशिक अस्पताल लैजाने तयारी गरेको बताइएको छ ।

Next Post

प्रचण्डको निर्देशन विपरीत कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत आज लिने

२१ चैत्र २०८०, बुधबार १०:५०
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिदैछन्। मुख्यमन्त्री शर्माले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ। सत्ता गठबन्धन दलको केन्द्रीय सहमतिअनुसार कर्णालीमा सरकारको नेतृत्व नेकपा एमालें लाई दिने निर्णय भए पनि कर्णालीमा माओवादीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिने भएसँगै सरकार जटिलता […]