प्रचण्डको निर्देशन विपरीत कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत आज लिने

कर्णाली दृष्टि संवाददाता २१ चैत्र २०८०, बुधबार ११:१४

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिदैछन्।

मुख्यमन्त्री शर्माले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ। सत्ता गठबन्धन दलको केन्द्रीय सहमतिअनुसार कर्णालीमा सरकारको नेतृत्व नेकपा एमालें लाई दिने निर्णय भए पनि कर्णालीमा माओवादीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिने भएसँगै सरकार जटिलता सिर्जना भएको छ।

वर्तमान प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले केन्द्रीय सहमतिले मानमर्दन गरेको भन्दै केन्द्रले गरेको निर्णयप्रति आपत्ति जनाएको हो। माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रणसिंह परियारले केन्द्रको सहमतिविपरीत काम नहुने तर विश्वासको मत लिएर मात्र सत्ता हस्तान्तरण गर्ने बताए।

मुख्यमन्त्री शर्माले हिजै विश्वासको मत लिने भनेर बोलाएको बैठक आज दिउँसोसम्मका लागि सारिएको छ। प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई सत्ता हस्तान्तरणका लागि सोमबार नै निर्देशन दिए पनि माओवादी नेताहरु केन्द्रको हस्तक्षेप नमान्ने अडानमा छन्।

केन्द्रको सहमति अनुसार कर्णालीमा एमालेलाई सत्ता हस्तान्तरण गर्नुपर्ने माओवादीले दोहोरो चरित्र देखाएको भन्दै एमाले नेताहरुले असन्तुष्टि पोखेका छन्।

गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ जना छन्। चालीस सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ।

Next Post

कांग्रेसको अल्टिमेटम- आउदो अर्को बैठकमा सरकारले संसदीय छानबिन समिति लिएर आओस्

२१ चैत्र २०८०, बुधबार ११:१४
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको तर्फबाट सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग बारेको अल्टिमेटम सकिएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले आउदो बैठकमा सरकारले संसदीय छानबिन समिति लिएर आओस् भन्दै कांग्रेसले दिएको अल्टिमेटम सकिएको बताएका हुन् । कतिपयले कांग्रेसले यो मुद्धालाई कमजोर बनायो भन्ने […]