माटोको ढिस्कोले पुरिएर जाजरकोटमा महिलाको मृत्यु

कर्णाली दृष्टि संवाददाता २२ चैत्र २०८०, बिहीबार १३:२५

सुर्खेत। जाजरकोटमा माटोको ढिस्कोले पुरिएर विहिवार एक महिलाको मृत्यु भएको छ ।

छेडागाड नगरपालिका–३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार मङ्गलबार दिउँसो घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा घाइते हुनुभएकी अधिकारीको आज बिहान मृत्यु भएको जानकारी दिए ।

Next Post

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली सिंहदरबारमा

२२ चैत्र २०८०, बिहीबार १३:२५
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट जारी छ । प्रधानमन्त्रीलाई भेट्न ओली केही समयअघि सिंहदरबारमा आएका हुन् । उनीहरूबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमदेखि सत्तागठबन्धन घटक दलका नेताको असन्तुष्टिको विषयमा छलफल केन्द्रित भएको बताइएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरूले […]