पालिका चुनावका लागि ७६ जिल्लाको मतपत्र छपाईको काम सकियो

कर्णालीदृष्टी संवाददाता १७ बैशाख २०७९, शनिबार १४:३६

काठमाण्डाै – निर्वाचन आयोगले पालिका चुनावका लागि ७६ जिल्लाको मतपत्र छपाइको काम सकेको छ । अब ६ वटा महानगर काठमाण्डौ, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्जसहित भक्तपुर जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी छ ।

जनक शिक्षा सामग्री केन्द्रले ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ सकेको निर्वाचन आयोगले जनाएको छ । मतपत्र ढुवानीको काम धमाधम भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

काठमाण्डौबाट लामो दूरीमा मतपत्र पुगिसकेको छ । मनाङ र मुस्ताङमा हेलिकप्टरबाट ढुवानी गरिएको छ । बाँकी अरु ठाउँमा पनि पुर्याउने काम भइरहेको छ । आयोगले गएको १३ गतेदेखि मतपत्र ढुवानी सुरु गरेको थियो । पालिका चुनाव आउन अब १३ दिन मात्रै बाँकी छ ।

Next Post

दैलेखमा २१७ जनाले उम्मेदवारी फिर्ता लिए

१७ बैशाख २०७९, शनिबार १४:३६
दैलेख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका दैलेखका २ सय १७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लाका ११ वटै स्थानीय तहबाट २ सय १७ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनका लागि दैलेखमा १ हजार ९ […]